काठमाडौं  / गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

 यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले रु २४ अर्बभन्दा बढी आम्दानी गरेको छ ।

भन्सार विभागको तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा नेपालबाट रु ४१ अर्ब बढीको कार्पेट ९गलैँचा० निर्यात भएको छ । गत आवमा २०७९ ८० मा रु एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजारको गलैँचा निर्यात भएको विभागको भनाइ छ । 

यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । गत आवमा अमेरिकामा मात्रै रु सात अर्ब १८ करोड २५ लाख ६७ हजार बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा रु ८८ करोड ७० लाख २२ हजार, बेलायतमा रु ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा रु ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा रु ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैँचा निर्यात भएको छ । 

भन्सार विभागका अनुसार अघिल्लो आवमा कूल रु नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आव २०७७/७८ मा रु सात अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा रु छ अर्ब १५ करोड ७७ लाख छ हजारको तथा आव २०७५/७६ मा रु सात अर्ब ३६ करोड ९६ लाख ९५ हजारको गलैँचा विभिन्न देशमा निर्यात भएको छ । 

आठ अर्बको अलैँची निर्यात

विभागका अनुसार गत आवमा रु आठ अर्बभन्दा बढीको अलैँची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैची निर्यातको मूख्य भूमिका छ । गत आवमा रु आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची मूलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा रु चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार थियो । 

विभागका अनुसार आव २०७७/७८ मा रु सात अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६÷७७ मा रु दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५र७६ मा रु दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार बराबरको अलैैची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ । 

कुकुर तथा विरालाको खानाको निर्यात बढ्दो 

पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा विरालाको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै मुलुकबाट रु १० अर्बको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ । 

गत आवमा मात्रै रु तीन अर्ब ४० करोड ९० लाख ७३ हजार मूल्य बराबरको यस्ता वस्तु मूलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आवमा रु दुई अर्ब ९६ करोड ७६ लाखका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै रु २९ करोड ४२ लाख ३५ हजारको क्यानडा, रु तीन करोड ९३ लाख ५६ हजार बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ । 

नेपालले अघिल्लो आवमा रु दुई अर्ब ९१ करोड १९ लाख ३९ हजारको कुकुर तथा विरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७र७८मा रु एक अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा रु एक अर्ब २२ करोड ८३ लाख ५६ हजार तथा आव २०७५र७६ मा रु एक अर्ब पाँच करोड २८ लाख ७६ हजारको यस्ता बस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ । 

पाँच वर्षमा रु तीन अर्बको अम्रिसो निर्यात

नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट रु तीन अर्ब ३३ करोड छ लाख ९२ हजार आम्दानी भएको छ । गत आवमा रु एक अर्ब ८८ लाखको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो । 

विभागको विवरणानुसार अघिल्लो आवमा रु ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७/७८मा रु ६५ करोड ८८ लाख १३ हजारको, आव २०७६/७७ मा रु ५५ कराड ७४ लाख ७८ हजार तथा आव २०७५/७६ मा रु ४० करोड ५७ लाख ३९ हजारको अम्रिसो मूलुकबाट निर्यात भएको छ । 

एक वर्षमा रु ४४ करोडको यार्सागुम्बा निर्यात

विभागका अनुसार गत आवमा रु ४४ करोड ३१ लाखको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो । 

अघिल्लो आवमा रु ३० करोड ९२ लाख ३३ हजारको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा रु १५ करोड ७६ लाख २५ हजारको, आव २०७६/७७ मा रु २० करोड २२ लाख ३५ हजारको तथा आव २०७५/७६मा रु १७ करोड ९४ लाख आठ हजारको यार्चागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् ।