• जीवन कार्की

कोरिया / दक्षिण कोरियामा आयोजित २३औँ संस्करण को शीतकालिन ओलम्पिकमा सहभागिता जनाउन ऊत्तर कोरियाली नेता किम जोन ऊन कि बहिनी किम यो जोङ बुधवार दक्षिण कोरिया आइपुगेको दक्षिण कोरिया एकिकरण मन्त्रालयले जनाएको छ।
ऊत्तर कोरियाली रुलिङ वर्कस पार्टी उपप्रमुख तथा प्रभावशाली नेतृ जोडले यस ओलम्पिकमा ऊत्तर कोरियाली संसद प्रमुखको नेतृत्वको टोलीले दक्षिण भ्रमण गर्ने सम्वन्धमा औपचारिक जानकारी गराइएकाे छ । यस शीतकालीन ओलिम्पिक खेलकुदका क्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको छ । विगत देखिएको तनाव कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो ।
उत्तर कोरियाले आफ्नो संसद्का प्रमुख किम यङ–नामलाई उत्तर कोरियाली प्रमुख प्रतिनिधिका रूपमा त्यहाँ पठाउन लागेको हो । उत्तर कोरियाली संसद्का प्रमुख नाम विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ उत्तर कोरियाली अधिकारी हुनेछन् ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक अधिकारीले नामको यस आसन्न भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको जानकारी दिएका छन् । उत्तर कोरियाली यी उच्चस्तरीय अधिकारी नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले पुष्टि गरेको छ ।
किम यङ–नामको नेतृत्वको उक्त टोलीमा अन्य तीनजना उच्च अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने बताइएको छ । उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रवारदेखि शुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैंले औपचारिक रूपमा सार्वजनिक गरेको छ। उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयलाई आइतबार राति जानकारी दिएको र आज पत्र मार्फत औपचारिक सन्देश प्राप्त भएको कोरिया एकीकरण मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाइ बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्द रुप लेओस भन्ने मनोकांक्षा पनि यतिखेर विश्वका नागरिकमा देखिएको छ । त्यसैले पनि यस खेलकूदमा विश्वका नेताहरुले आफ्नो प्रतिनिधि र विशेषदूत पठाउने घोषणा गरेका छन् । यसको पहिलो घोषणा चिनियाँ राष्ट्रपति सि चिनफिङले शुक्रबार आफ्नो प्रतिनिधि दक्षिण कोरिया पठाउने भनेर गर्नुभएको छ । त्यस्तै अमेरिका, जापान र अरु देशबाट पनि यहाँ प्रतिनिधि जाने भएका छन् । खेलकूदमा सहभागिताभन्दा पनि ती देशका प्रतिनिधिले यहाँ विकसित खेलकूद कूटनीतिलाई बढी प्रवर्धन गर्नछन् ।

सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्म पटकपटक भएका युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाए र अन्ततः सन् १९५३ मा कोरिया विभाजन भयो । उत्तर र दक्षिणमा विभाजित यी देशको सिमानासँगै देशबासीका आफन्त पनि छुट्टिए । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुन्छ । बाबु–छोरा, दिदी–बहिनी, दाजुभाइजस्ता रगतको नाताका सदस्य पनि दुई देशका नागरिक र त्यो पनि शत्रुतापूर्ण रुपमा बाँच्नु परिरहेको छ।

27848973_2093607014203946_1460356210_n

27848280_2093606990870615_1774875872_n