धरान  /  युवामा राष्ट्रिय दायित्वबोधको संस्कारको विकास तथा सानै उमेरदेखि अनुसासन, कर्तव्यबोध गराउन  नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत सुरु गरेको सय दिनको तालिम सोमबारदेखि सुुरु गरेको छ । 

कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न धरानस्थित आइडियल इङ्गलिस बोर्डिङ्ग स्कुुलमा सोमबार उद्घाटन र्गिरएको छ । 

तालिमको उद्घाटन राष्ट्रिय सेवा दल(एनसीसी) शिक्षालयका प्रमुख महासेनानी कर्नेल दिपक गुरुङले उद्घाटन गर्नु भएको छ । धरानमा आइडियल स्कुुल र सैनिक आवसिय विद्यालयमा तालिम सुुरु गरिएको हो । विद्यार्थीहरुलाई जेरी र दुध खान दिएर तालिमको सुुरुवात गरिएको छ । ६७ दिन विद्यालय मै हुने तालिमको प्रशिक्षण अमलदार पियुट ले दिइरहनुभएको छ । जिल्ला भरीको तालिमको अनुुगमन सेनाका जमदार यमबहादुर राईले गर्नु हुने नेपाली सेनाले जनाएको छ । 

राष्ट्रिय  सेवा दल ऐन २०२७ अनुसार देश भरी तालिम दिदैं आएको छ । पूर्वका १६ विद्यालयहरु छनौटमा परेका छन् । तालिममा धरानबाट आइडियल बोर्डिङ स्कुल छनौटमा परेको हो । गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको कर्नेल गुरुङले जानकारी दिनु भयो । 

विद्यालयका निर्देशक सागर खड्काको अध्यक्षता तथा प्रमुख सेनानी कर्नेल गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिममा सहभागी हुन शारिरीक तथा मानसिक रुपमा तयार हुन सहभागीहरुलाई कर्नेल गुरुङले आग्रह गर्नु भएको छ । 

युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ सेवा दलको तालिम शुरु गरिएको हो। अतिरिक्त लक्ष्यमा नेपालमा मानवसिर्जित वा दैवी विपत्तिका बेला सङ्गठित भएर खोजी, उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्‍याउने सेवा दलको उद्देश्य छ।

प्रारम्भमा ५०० विद्यार्थीलाई तालिमको कोटा निर्धारण गरेको सेवा दलले हालसम्म ७७ वटै जिल्लाका ४३ हजार ७ सय भन्दा बढी युवाहरुलाई तालिम दिइ सकेको छ ।  हाल मुलुकका ७७ जिल्ला र २१३ विद्यालयमा कार्यक्रम विस्तार गरिसकेको सेवा दलले जनाएको छ।

तालिमबाट दीक्षित क्याडेटको ज्ञान, सीप, योग्यता र क्षमता अधिकतम उपयोग हुने गरी सेना र सरोकारवाला निकायको सम्पर्कमा रही क्षमताअनुरुपको भूमिकामा संलग्न हुँदै आएका छन्। ७९ दिन विद्यालय मै पुुगेर र २१ दिन सैनिक क्याम्पमा लगेर तालिम दिर्दै आएको छ । 


तालिमरत तथा पूर्वक्याडेटलाई एनसिसी अल्मुनाइ एशोसिएशन नेपालमार्फत सामाजिक विकृति, विसङ्गति र कुसंस्कारविरुद्ध सचेतना अभियान तथा विपद् व्यवस्थापन एवं राष्ट्रहितमा परिचालित हुने व्यवस्था मिलाइएको कृष्ण दल गणका सहसेनानी अशोक गुरुङले बताउनु भयो । 

राष्ट्रमा विपत्ति हुँदा समर्पित भएर राष्ट्रिय हित र विपद् व्यवस्थापनलगायत सामाजिक कार्यमा समर्पित तालिमप्राप्त युवालाई सङ्गठित बनाई परिचालन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सेवा दलको पूर्व छात्रछात्रा सङ्घ ७७ वटै जिल्लामा गठन गरिएको बताइएको छ। आइडियल स्कुुलबाट १८ जना छात्रासहित ३६ जना छनौटमा परेका छन् । 

विद्यालयका निर्देशक खड्काका अनुसार गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियलका विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरे पछि आफ्नो विद्यालय ४९ औं व्याचमा छनौटमा परेको उहाँले बताउनु भयो ।