धरान । कोशी प्रदेशमा नै नमुनाको रुपमा रहेको युएन नवोदय कलेज धरान –१६  रोजगारमुखी शिक्षालाई प्राथमिकता दिएर अघि वढेको कलेज हो ।   

‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने कलेजको मुल नारा हो भने शिक्षा सीपमुलक भएको खण्डमा विद्यार्थीहरु रोजगार वन्न सक्छन भन्ने मान्यताका साथ विद्यार्थीहरुलाई रोजमुखी शिक्षा प्रदान गर्ने कलेजको रुपमा परिचित पनि रहेको छ ।११ वर्षअघि युन नवोदय कलेज स्थापना भएको हो ।विद्यार्थीहरु सो कलेजमा अध्ययन गर्नको लागि रुची राख्छन र अभिभावकको पनि रोजाईको कलेज वन्न सफल भएको छ ।रोजगारमुखी शिक्षाको लागि मुख्य विशेषता भनेको होटल म्यानेजमेण्टको पढाई हुनु हो ।

कलेजले १० वर्ष अघिदेखि होटल म्यानेजमेण्टको कक्षा शुरु गरेको हो । प्रदेशमा नै अहिले युएन नवोदय कलेज होटल म्यानेजमेण्टको लागि उत्कृष्ट कलेजको रुपमा आफ्नो परिचय वनाएको छ । कलेज प्रमुख डम्वर तुम्बापोका अनुसार शिक्षा भनेको रोजगारमुलुक शिक्षा नै आजको आवस्यकता हो र हामीले सोही अनुसार नै होटल म्यानेजमेन्टको लागि एक दशकदेखि निरन्तर लागि रहेका छौ र सफल पनि भएका छौ । उहाँले भन्नु भयो,‘विद्यार्थीको लागि अहिले यो कलेजमा जो अध्ययन गर्छन पढ्छन पनि र कमाउन पनि थाल्छन्,त्यति मात्रै होइन विद्यार्थीहरुले देश विदेशमा नै राम्रो रोजगारको अवस्था पनि सृजना हुने गरेको छ , पढाई सकेर सर्टि फिकेट हात लिएर बेरोजगार वन्न पर्दैन ।’

कलेजमा अध्ययनरत विद्यार्र्थीे नेपाल सेकेण्ड टप र कोशी प्रदेशमा नै उत्कृष्ट वन्न सफल भएका छन । गुण स्तरीय शिक्षा,शैक्षिक बातावरण  उत्कृष्ट व्यवस्थापन र विद्यार्थीहरुको अथक लगनशीलताका कारण नै युएन कलेज सवैको रोजाईमा पर्न सपल भएको क्याम्पस प्रमुख तुम्बापोको भनाई छ ।  प्लस टु मा पढ्ने विद्यार्थीहरुले प्राक्टिकल गर्न बिएचएमका लागि बनाइएको छुट्टै किचन ल्याबको प्रयोग र साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि अत्याधुनिक प्रयोगशालाका साथै दक्ष प्राध्यापकहरुद्धारा अध्ययन अध्यापन गराइन्छ ।

कलेजमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट साथै साइन्स, कम्प्युटर साइन्स अध्यापन हुने गरेको छ । भखरै मात्रै कलेजले विद्यार्थीहरुको लागि इन्ट्रान्स परीक्षा लिएको छ भने हाल धमाधम भर्ना अभियान सन्चालन भइरहेको छ । 

  साइन्स र कम्प्युटर साईन्सलाई पनि ब्राण्ड बनाउँछौ 

           क्याम्पस प्रमुख–तुम्बापो 

tuuuu

होटल मेनेजमेन्ट र मेनेजमेन्टमा युएन कलेज कोशी प्रदेशकै ब्राण्ड भएको छ । अव भने साइन्स र टेक्नोलोजिलाई वढी हामी केन्द्रित हुने छौं । प्लसटुमा साइन्स र कम्प्युटर साइन्स विषय अध्ययन गराइरहेका छौ प्लसटुमा साईन्स पढेर ब्याचलर तह चै अन्य विषय पढ्नेहरु पनि देखिएका छन । त्यसैले प्लसटु कै पढाईमा साइन्स र कम्प्युटर इन्जिनियरका लागि एडभाइजरहरु राखेका छौं ।त्यसका अलावा विभिन्न समयमा साइन्स र कम्प्युटर साइन्सका विज्ञहरुबाट विद्यार्थीहरुलाई काउन्सिलिङ गरिरहेका छौं ।विद्यार्थीहरुलाई प्लसटु पढे पछि थप अध्ययनका लागि उद्देश्य अनुसारका विषयहरुमा काउन्सिलिङ गराइरहेको छौं । नयाँ पन नयाँ ढंगले अध्यापन गराउन साइन्स र कम्प्युटर साइन्स लञ्च गरेका छौं । अबको दुई अढाई वर्षमा यसलाई ब्राण्डिङ गरिसक्छौं ।

विद्यार्थीलाई छात्रवृति र छुटको व्यवस्था 

कलेजले स्कुल टपर, इन्ट्रान्स टपरलाई एडमिसनमा शतप्रतिशत छुट दिएको छ  । ए प्लस ल्याउनेलाई पनि ५० प्रतिशत छुट दिएको छ भने  एक दशक पार गरेको अवसरमा अनिवार्य तिन वटा पुस्तक निशुल्क वितरण गरेको छ । अतिरिक्त क्रियाकलापबाट आएका विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । विभिन्न प्रतियोगिताका विजेताहरुलाई स्थानीय सरकारको सिफारिसमा छात्रवृत्ति पनि दिने गर्दै आएको छ  । ब्वाईज र गल्र्सको छुट्टा छुट्टै होस्टेल र बसको व्यवस्था पनि छ ।