धरान  / शैक्षिकसत्र २०८० ८१ सालको एसर्इइ पास भएका विधार्थीहरुको ११ कक्षामा नयाँ भर्नाका लागि धरान १२ चतरा लाइनस्थित धरान मेघा कलेजले लिएको प्रवश परीक्षामा ४ सय ५० जना विद्यार्थीहरुले भाग लिनुभएको छ । 

        शुक्रबार भएको परीक्षामा धरान उपमहानगर र आसपासका क्षेत्रबाट चार सय ७५ जना विद्यार्थीले सहभागिता जनाएको तर विहनैदेखि बर्षा भएका कारण आवेदन दिएका कतिपय विद्यार्थीहरु सहभागी हुन नपाएको कलेजले जनाएको छ । 

प्रवेश परीक्षामा धनकुटा , हिले, सिधुवा, संखुवासभा, भोजपुर, फिदिम पाचथर, झापा, मोरङ, चतरा, केराबारी, इटहरी, तरहरा, चक्रघट्टिबाट विद्यार्थी भाइबहिनीहरुले सहभाहिता जनाएको धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिनुभयो । आवेदन दिएका तर वर्षाको कारण छुटेका परीक्षार्थीहरुका लागि अर्को परीक्षाको व्यवस्थापन गर्ने प्राचार्य पौडेलले जानकारी दिनु भयो । 

स्नातकसम्म तहसम्म पढाइ हुने धरान मेघा कलेजमा  व्यवस्थापन, विद्दान, होटल व्यवस्थापन, कानुन, फुड एन्ड न्युट्रेसनलगायत विषयमा पढाई हुदैं आएको छ । यो शैक्षिक सत्रमा कानुन विषय पठनपाठनका लागि अनुमति लिएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिनु भयो ।

           यस शैक्षिकसत्रमा नयाँ भर्ना भएका ११ कक्षाको पढाइ श्रावण १० गते देखि सुरु हुने कलेजले जानकारी दिएको छ ।

कलेजले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विद्यार्थीहरुलाइ प्रोत्साहन गर्नका निमित्त  विभिन्न खेलमा उत्कृष्ट खेलाडी, शिक्षामा उत्कृष्ट, बिपन्न वर्ग, दुर्गम क्षेत्र, एकल महिला, दलितलगायत क्षेत्रमा १५ प्रतिशत बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्दै आइरहेको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिनुभयो ।