धरान मेघा हिमालयन कलेज धरानमा नाम चलेको कलेज हो । यो कलेज विसं २०६३ सालमा स्थापना भएको हो भने २०७७ सालदेखि रुपान्तरित भएर धरान १२ स्थित चतरालाइनमा विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । धरानका विद्यार्थीको लागि मात्रै होइन कोशी प्रदेश र प्रदेश वाहिरका विद्यार्थीको लागि पनि धरान मेघा हिमालयन कलेज शैक्षिक गन्तव्यको केन्द्र वनेको छ । नयाँ शैक्षिक वर्ष लागेसँगै विद्यार्थीहरु उक्त कलेजमा अध्ययन गर्नको लागि आउने गरेका छन् । कलेजले ४ सय विद्यार्थीलाई नयाँ शैक्षिक वर्षमा नयाँ विद्यार्थी भर्ना लिने गरेको छ । यसै सन्दर्भमा विजयपुर खवरले धरान मेघा हिमालयन कलेजका प्रिन्सिपल भाष्कर पौडेलसँग गरेको कुराकानी– 

vvv 2

१. नयाँ शैक्षिक सत्र शुरु भएको छ,विद्यार्थीहरुको भर्ना कसरी लिदै हुनु हुन्छ ? 

भखरैमात्रै एसईई रिजल्ट आएको छ । हामीले नयाँ भर्ना अभियान पनि शुरुवात गरिसकेका छौं । हामीसँग निश्चित सिट हुन्छ । ४ सय विद्यार्थी मात्र हामी एक शैक्षिक सत्रमा विद्यार्थी भर्ना लिने गरेका छौ । हामीसँग धरानका ७,८ वटा विद्यालयहरुसँग सहकार्य रहेको छ । विद्यार्थीहरु धरानबाट मात्रै होइन,कोशी प्रदेशभरीका विद्यार्थीहरु अध्ययनको लागि आउने गरेका छन् । त्यति मात्रै होइन,सिराहा र सप्तरीदेखिका विद्यार्थीहरु धरान मेघा हिमालयन कलेजमा अध्ययन गर्नको लागि आउँछन् ।एसईईमा उतीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छौं । जस अन्र्तग असार २९(शुक्रबार)देखि नयाँ विद्यार्थीको लागि इन्ट्रान्स परीक्षा लिँदैछौ। त्यसका लागि हामी पुर्ण तयारीमा रहेका छौ। 

megha1 1

२. विद्यार्थी धरान मेघा हिमालयन कलेजमा नै किन अध्ययन गर्नको लागि आउने त ? 

निश्चित रुपमा यहाँ धेरै शैक्षिक संस्थाहरु छन् । तर धरानमा भएका शैक्षिक संस्थाहरु मध्ये हाम्रो कलेजमा सैद्धान्तिक विषय वस्तु त छदैछन।त्यसका अलवा हामी व्यवहारिक शिक्षा र गुणस्तरीय शिक्षामा वढी फोकस गर्ने गरेका छौ।नर्सरीदेखि व्याचलर सम्म एउटा विद्यार्थीले निर्धक्क साथ अध्ययन गर्न पाउँछ । यहाँ अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको लागि आकर्षक तलव प्रदान गरेका छौ,जस्ले गर्दा गुणस्तरीय शिक्षा विद्यार्थीहरुले प्राप्त गर्दछन् । कक्षा १२ को पढाईसँग सँगै हामी आगामी कक्षाको निम्ति पूर्व तयारी कक्षाहरु प्नि सन्चालन गर्दछौ । साइन्स,होटल म्यानेजमेन्टका विद्यार्थीहरुका लागि पूर्व तयारी कक्षाहरु सञ्चालन गर्दछौ भने देश विदेश गएर पढ्न चाहने विद्यार्थीको निम्ति पूर्व तयारी कक्षाको व्यवस्थापन हामीले गर्ने गरेका छौ। यहाँ पढ्ने विद्यार्थीहरुले वाँकी पढाई कहाँ कसरी गर्ने भनेर चिन्ता लिनु पर्दैन , हाम्रै कलेजमा विद्यार्थीको भविष्य के गर्ने भन्ने वारेमा सही सल्लाह र उचित सहयोग प्रदान गर्ने गरेका छौ । यहाँ अतिरिक्त क्रियाक्लापहरु हरेक गतिविधीहरु सन्चालन हुँदै आएको छ । जस्ले गर्दा हरेक क्रियाक्लापमा यस कलेज कोशी प्रदेशकै अग्रस्थानमा आउँछ । त्यो त हामीलेृ जितेर ल्याएका पुरस्कारहरुले पनि पुष्टि गर्दछ । 

३. विद्यार्थीहरुको लागि विशेष सहुलियत र छुटको पनि व्यवस्था छ ? 

megha college 1

हामी अरु कलेजको भन्दा सहुलियत र मार नपर्ने तवरले विद्यार्थीलाई अध्ययन गराउँछौ ।होला अरु कलेजहरुमा महँगो भएकै कारण पनि विद्यार्थी पढ्न सकिरहेका हुँदैनन् । तर हामी विद्यार्थीहरुलाई मध्यम खालको शुल्क लिएर अध्ययन अध्यापन गराउँदै आएका छौ । जो विद्यार्थी विपन्न छ यस्लाई विशेष छात्रवृति सहितको व्यवस्था पनि गरेका छौ। जेहेन्दार,विपन्न,दलित विद्यार्थीको लागि पुर्ण छात्रवृति समेत रहेको छ । हामीकहाँ हाल ७,८ जना विद्यार्थीहरु पुर्ण छात्रवृतिमा अध्ययन गरिरहेको अवस्था रहेको छ । त्यसका अलवा हामी विद्यार्थीलाई मार नपरोस भनेर समावेशी तरिकाका उपायहरु अपनाउने भएकाले पनि यहाँ अध्ययन गर्दा खर्चको हिसावले आतिन्नु पर्ने अवस्था छैन । हामीले ४ वटा आधार वनाएका छौ,जस्ले गर्दा विद्यार्थीहरुलाई सहज होस भनेर सो आधार सहित अध्ययन गराउँछौ । पढाईको आधारमा ,अतिरिक्त क्रियाक्लापको आधार,अतिरक्त क्रियाक्लाप, एकल महिला,दुर्गम र विपन्न वर्गलाई लक्षित गरेर विद्यार्थीलाई सहुलियतमा पढाउने गरेका छौ । 

४. यसपालीको नयाँ शैक्षिक सत्रमा त्यस्ता नयाँ योजना चाहिँ के ल्याउनु भएको छ ? 

h 1

हामीले धरानमा पहिलो पटक कलेजमा नै मेडिकल सेवा पनि शुरु गरेका छौ । विद्यार्थीकै लागि भनेर मलेजमा मेडिकल नर्सको व्यवस्था गरि यो सेवा यही वर्षदेखि शुरुवात गरेका हौ ।दुई बेड रहेको मेडिकलमा विद्यार्थीहरु विरामी भएको खण्डमा तत्काल प्राथमिक उपचार गर्ने व्यवस्था पनि गरेका छौ । विशेष गरि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु उमेरका कारण पनि शाररिक र मानसिक समस्यामा पर्ने गरेका हुन्छन् । यो हामीले मेडिकलको आवस्यकता महसुस गरेर यो वर्षदेखि सेवा शुरु गरेका हौ । अव विद्यार्थीलाई केही समस्या भयो भने कलेजमा नै उपचार गर्ने व्यवस्था पनि भएको जानकारी गराउन चाहन्छु । 

त्यसैगरि विद्यार्थीहरुको विषय अनुसार थप कक्षाहरु प्नि सन्चालन गर्दछौ। म्यानेजमेन्टका विद्यार्थीहरुलाई वैंकका मेनेजरहरु ल्याएर थप तालिम पनि प्रदान गर्दछौ । साइन्स र इन्जिनियरिङ विषयका विद्यार्थी र होटल म्यानेजमेन्टका विद्यार्थीको लागि थप कक्षाहरु गत वर्षको भन्दा यो वर्षदेखि अझै वृहत वनाउने योजना रहेको छ । जो होटल म्यानेजमेन्ट पढेर केही गर्न चाहन्छन्।उनीहरुको लागि हामी फाईभ स्टार होटलहरुको भिजिट सहित विदेशबाट एक्सपोर्टहरु ल्याई छुट्टै तालिमको व्यवस्था पनि गर्दछौ । भरखरै मात्रै हामीले हस्पिस्यालिटी क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त नेदरल्याण्डका एक्सपोर्ट ल्याएर एक महिने तालिम समेत प्रदान गरेका छौ । गत साल हामीले जर्मनबाट एक्सपोर्ट ल्याएर वाइन वनाउने तालिम पनि विद्यार्थीलाई प्रदान गरेका थियोै । 

यसाे भन्छन् विद्यार्थीहरू

जेनिशा श्रेष्ठ

विद्यार्थी, कक्षा १२, साइन्स

‘धेरै नै फ्रेण्डली लागेको छ । यहीबाट एसइई दिएको हुँ ।

सबैले काठमाण्डौं गएर पढ्ने सल्लाह दिनु भएको थियो । तर मैले यही पढ्ने इच्छा गरे ।

किनकी यहाँ काठमाण्डौं कै शिक्षकहरु आएर पढाउनु भएको छ । धरानका चर्चित विद्यालयमा अध्यापन गराई सकेका शिक्षकहरुले पढाउनु हुन्छ ।

विद्यालयमा कम्फर्टेबल लाग्छ । केही प्रश्न गर्नु पर्दा पनि हिच्किचाहट हुँदैन । पढाई धरै राम्रो छ । ब्याचलर लेभलमा अध्यापन गराउने शिक्षकहरु हुनुहुन्छ ।

सानो सानो कुरालाई पनि राम्रो सँग ब्रिफिङ गरिदिनुहुन्छ त्यही भएर पनि कुनै कन्फ्युजन हुँदैन ।

रिफ्रेन्स बुकहरु पनि प्रोभाईड गरिदिनुहुन्छ । परिक्षामा आउने सम्भावित प्रश्नहरुको विषयमा जानकारी गराउनुहुन्छ ।

परिक्षाको पुर्वतयारीका विषयमा जानकारी गराउनुहुन्छ । साइन्स, कम्प्युटर साइन्सको लागि ल्याबहरु पनि पर्याप्त छ । नयाँ टेक्नोलोजिका सामानहरु छन् ।

चाहिएको सामान भनिरहनु पर्दैन सबैले विद्यालयले तयारी गरेको छ । यहाँको क्यान्टीन, शौचालय सुविधामैत्री रहेको छ ।’

समृद्धि सुवेदी

विद्यार्थी, कक्षा १२, साइन्स

‘कलेजले दिएको सेवा सुविधाहरु राम्रो छ । शिक्षकहरु पनि गुणस्तरिय हुनुहुन्छ , शान्त वातारण भएकाले पनि कुनै डिस्टर्वहरु आउँदैनन् ।

व्यवस्थापन पनि राम्रो छ । ल्याबहरु पनि विद्यार्थीको आवश्यक्ता अनुसार गुणस्तरिय छ ।

एकेडेमीक र शैक्षिक सुविधा राम्रो छ । अन्य कलेजको भन्दा फरकपन चै मेघामा पढाईको गुणस्तरियता राम्रो छ । अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठ ठहरिएको छ।