दार्जेलिङ  / साना तिना विषयबस्तुलाई पस्किएर खरो व्यङय लेख्ने भारतका नेपाली भाषी साहित्यकार कृष्ण प्रधानको नाटक सिङ्साँढे को विषयमा एक विद्यार्थीले शोध गर्ने हुनु भएको छ । 

सिक्किम यूनभर्सिटी रेनोकमी छैटौं सेमिस्टारकी विद्यार्थी सञ्जिता प्रधानलेले कृष्ण प्रधान नाट्यकृति सिङ्साँढ़ेमाथि शोध गर्न लाग्नु भएको दार्जेलिङका मिलन प्रधानले जानकारी दिनु भएको छ । 

कृष्ण प्रधान भारतीय नेपाली नाट्य क्षेत्रका प्रतिष्ठित नाटककार साथै आकाशवाणी खरसाङका मान्यताप्राप्त नाटककार हुनुहुन्छ ।  । सिलगढ़ीबाट अहिले सम्म सबैभन्दा धेर नाट्यकृति प्रकाशित गर्नाका साथै सिलगढ़ीबाटै सबैभन्दा धेर नाटक मञ्चन गर्ने सफल नाटककारको रुपमा प्रधानलाई चिनिदैं आएको छ । विशेष व्यङय साहित्यमा रुची राख्ने प्रधान भारतमा बसोबास गर्ने नेपाली भाषी एक मात्र व्यङयकार हुन ।  को सिङसाँढ़े सन् २०१९ मा प्रकाशित भएको हो ।

सञ्जिता प्रधानले शोध नाट्यकृति लिएर “सिङ्साँढ़े नाटकमाथि विश्लेषणात्मक अध्ययन” शीर्षकमा शोध प्रबन्ध तयार पार्ने बताइएको छ ।  शोध प्रबन्ध  एक सय अङ्कको हुने कलेजले जनाएको छ ।  नाटककार प्रधानका अहिलेसम्म २९ वटा कृति प्रकाशित भइसकेका छन् ।