धरान / सन् १९५६ अर्थात विस २०१३ सालमा भारतको खर्साङको सामान्य एउटा प्रहरी क्वाटरमा एउटा व्यक्ति उदाए । ती नै व्यक्ति अहिले भारत र नेपालको साहित्याकाशमा एउटा सुवास फुलको रुपमा फक्रिनु भएको छ । प्रहरीको क्याटरमा जन्मुन भएका ती व्यक्ति तीनै प्रहरी, राज्यलाई खरो व्यङ्गे गरेर देश र समाजलाई परिवर्तनको बाटोमा डो¥याउनु भएको छ ।
उहाँ हुनुहुन्थ्यो–कृष्ण प्रधान । भारतीय भूमीमा जन्मे हुर्केर नेपाली साहित्यामा अनबरत सेवा गर्ने एक योद्धा । नेपाली साहित्यको हास्यव्यङ्गे विधामा साहसिलो कमल चलाउने एक मात्र साहित्यकार, राज्य, समाजलाई व्यङये विधाबाट खवरदारी गर्ने एक निष्ठावान, मेहनती होचो कदको अग्लो मान्छे–कृष्ण प्रधान सबैले सम्झिरहने नाम हो ।
पत्रकारितामा योगदान
पीता स्व। दलबहादुर प्रधान र माता लक्ष्मीदेवि प्रधानको कोखबाट प्रहरी क्याटरमा जन्मनु भएका प्रधानका पीता प्रहरीमा जागिरे हुनु हुन्थ्यो । नेपाली विषयमा स्नाकोत्तर, व्यवस्थापन र पत्रकारिता विषयमा स्नातक गर्नु भएका प्रधान पत्रकारितामा पनि उतिकै खारिएर लाग्नु भएको थियो । सन् १९६३ मा ‘कानेखुसी’ हास्यव्यङ्गे पत्रिकाबाट उहाँको व्यङ्ये साहित्य र पत्रकारिता शुरु भएको थियो । सन् १९६९ मा ‘खवर तागत’साप्ताहिक प्रकाशन गर्नु भयो । १९८२ मा सिलिगढीबाट प्रकाशन हुने ‘चुली’ दैनिकमा उप सम्पादक भएर काम गर्नु भयो । साहित्य र पत्रकारिता मात्र होइन शिक्षण पेसामा पनि सहभागी हुनु भयो । सन् १९८२ मा कृष्णमाया उच्च माविमा अध्ययनपनसमेत गराउनु भयो । उहाँ पनि त्यही विद्यालयबाट माध्यामिक शिक्षा आर्जन गर्नु भएको थियो । २०१६ सम्म काम गरेर उहाँ रिटायर्स जीवन विताउनु भयो । उहाँको रिटायर्स जीवन घरमा आराम गरेर वितेको छैन् । पत्रकारिता र साहित्य सेवामा निरन्तर उहाँ क्रियाशिल हुनुहुन्छ ।
६६ बर्षको उमेरमासमेत उहाँको क्रियाशिलता लोभलाग्दो छ । हरेक साहित्यिक कार्यक्रममा पुग्नु हुन्छ । पत्रपत्रिका सम्पादन गर्नु हुन्छ । विभिन्न समालोचना, पुस्तक टिप्पणी लेख्न पनि भ्याइरहनु भएको छ । रेडियोमा कार्यक्रम चलाउन पनि पुगिरहनु भएको छ ।
सन् २०००मा उहाँ दार्जेलिङ टाइम्स्को समाचार सम्पादक भएर काम गर्नु भयो । सोही समयमा सगरमाथा दैनिकमा खेल सम्पादकको भूमीका पाउनु भयो । यि दार्जेलिङका नाम चलेका पत्रिकाहरु ह्ुुन । यस्तै हिमालचुली दैनिकको प्रधान सम्पादक भएर पनि काम गर्नु भयो । उहाँ हाल हाम्रो पहल मासिकको सम्पादक हुनुहुन्छ । ४८ बर्ष पछि फेरी कानेखुसी साहित्यिक पत्रिकालाई व्युउझानु भएको छ । त्राइमासिक रुपमा अहिले प्रकाशित भइरहेको छ ।
फुटवल कमेन्टरको किस्या
खेल क्षेत्रमा उहाँको लगाव सानैदेखि थियो । बुवा सिपाई, घरको अवस्था राम्रो थिएन् । घरमा एउटा रेडियोसमेत थिएन । रेडियोमा फुटवलको कमेन्ट्री सुन्न छिमेकी काकाको घरमा उहाँ केटाकेटी हुदा जानु हुन्थ्यो । अर्काको घरमा रेडियो सुन्न भएको भन्दैं सिपाई बुवाले बेल्टले बजाएको उहाँलाई स्मरण छ । सानै देखि हरेक काममा इख लिएर काम गर्ने उहाँको बानी थियो । बेल्टले कुटाई खाएकै दिन उहाँले ठूलो भए पछि रेडियो किन्ने र फुटबलको कमेन्टर आफै बन्ने प्रतिज्ञा गर्नु भयो । नभन्दैं उहाँले रेडियो पनि किन्नु भयो । खर्साङ रेडियोमा आज ती नै प्रधान फुटवल कमेन्टरको रुपमा बोल्नुहुन्छ ।
साहित्यमा योगदान
भारतीय नेपाली साहित्य र पत्रकारितामा परिचित नाम हो पश्चिम बंगाल सिलिगुडीका प्रधान । लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म ३१ वटा कृति प्रकाशित छन् । साहित्यका सबै विधामा कलम चलाउनु हुने प्रधान विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचनामा उत्कृष्ट छ । उहाँका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्नु हुन्छ । प्रधान अल इन्डिया रेडियो खरसाङ ९भारत० का फुटबल कमेन्टेटर पनि हुनुहुन्छ । उहाँका दुई नयाँ कृति ‘काव्यशास्त्र’ र ‘नाट्यशास्त्र’ प्रकाशोन्मुख छन् ।
कक्षा ५ मै पढ्दादेखि उहाँ विद्यालयमा हुने साहित्यिक कार्यक्रममा भाग लिनुहुन्थ्यो । सानैदेखि पढाईमा चतुर प्रधानलाई बुबाले किताव लेख्ने ठूलो मान्छे हुनु भन्ुनु भएको थियो । कक्षा ५ को परीक्षा नतिजा हेरे पछि बुबाले लेखक बन्न हौसाला दिनु भएको थियो । बुबाको सपना पुरा गर्न उहाँ लेखन क्षेत्रमा लागेको बताउनु हुन्छ । कक्षा ७ मा पढ्दैंदेखि कविता लेख्नु भयो । कक्षा ९ मा पढ्दा हिमालय भन्ने कविता लेख्नु भएको थियो । बाहुली भन्ने पत्रिकामा छापिएको थियो । यसले उहाँलाई परिचित बनायो । उहाँलाई त्यति बेला रामलाल अधिकारी, युवाराज काफ्ले, समिर प्रियदर्शी जस्ता प्रेरणाका श्रोतहरुको आर्शिवाद मिल्यो । उहाँहरु कै प्रेरणाले नेपाली साहित्यमा सेवा गर्ने अवसर पाउनु भयो । लामा कविता, गित, हास्यव्यङ्ये, समालोचना, नाटक विदामापनि उतिकै कलम चलाउनु हुन्छ ।
व्यङये साहित्यमा प्रधान
हस्यव्यङ्ये साहित्यमा उहाँको नाम सुवास छ । उहाँले कडा प्रहार गरेर लेखेका कतिपय पुस्तक त्यहाँका शासकहरुले सबै खरिद गरि दिएको पनि इतिहास छ । रामलाल सरको प्रेरणामा उहाँले एकाङ्की नाटक लेख्नु भएको थियो । ‘मलाई पास गरिदिनु’ भन्ने नाटक उहाँको उत्कृष्ट थियो । उहाँले लेखेको ‘आइमाईको रिस’ हास्य व्यङ्ये निबन्ध निकै चलेको थियो । नेपाली भाषाको यो पहिलो निबन्ध हो । ‘डरको हाउगुजी, दार्जेलिङ कमेन्ट्री, लगडाउन कमेन्ट्री उहाँका उत्कृष्ट पुस्तक हुन । उत्कृष्ट साहित्य सेवाबाट उहाँले सिक्किमको ठूलो पुरस्कार ‘श्रष्ठा पुरस्कार र खर्साङको अरुगी पुरस्कार पाउनु भएको छ । अरु दर्जनौ पुरस्कार उहाँले पाउनु भएको छ । हालसम्म उहाँका सम्मानमात्र नेपाल र भारतमा गरि ५७ पुगेको छ ।
भारतीय सरकारको अधिकारिक संस्था भारतीय भाषा संस्थानले उहाँको बालकथा अग्रेजी र बंगाली भाषामा अनुवाद गरेको छ । नेसनल बुक ट्रष्ट अफ इण्डियाबाट रविन्द्रनाथ ठाकुरको निवन्ध मेरो स्मृति बंगाली भाषाबाट हिन्दिमा अनुबाद गर्ने प्रधानले मौका पाउनु भएको थियो । बंगालीबाट नेपालीमा अनुबाद गर्ने काम पनि भइरहेको छ ।
मन्त्री नेतालाई पुस्तक नदिऔं
उहाँ मन्त्री नेताहरुलाई आफुले लेखेको पुस्तक दिनुहुन्न । अरुलाई पनि उहाँ नदिन आग्रह गर्नु हुन्छ । मन्त्री र नेताहरुले पुस्तक पढ्दैंनन् भन्ने उहाँको तर्क छ । २०१२ मा सिलुगढीको सर्कस हाउसमा तत्कालिन मुख्यमन्त्री ज्योतीबासु आउनु भएको थियो । कर्ण धामीले लेख्नुभएको सुकान्तर कविता संग्रह उहाँले टक्राउनु भयो । मुख्यमन्त्री ज्युले लिएर भुइमा फाल्निुभयो । त्यो पुस्तक टिपेर उहाँका काम गर्ने र सवारी चलाकले लगेर पढेको देखे पछि उहाँले आफुले लेखेका पुस्तक नेतालाई नदिने प्रतिज्ञा गर्नु भएको थियो ।
उहाँले नेपाली साहित्यमा गरेको योगदानको नेपालमा खासै चर्चा छैन् । नेपाल सरकारले कुनै सम्मान र उहाँलाई सम्झने काम गर्न भ्याएको छैन् । तर भारतीय सरकारले उहाँलाई चिनेको छ । साहित्य एकेडेमीमा उहाँ पाँच बर्ष सल्लाहाकार भएर काम गर्नु भयो । भारतीय नेपाली एकेडेमीमा पनि काम गर्ने अवसर पाउनु भएको छ । भारतीय भूमीमा रहेर नेपाली साहित्य क्षेत्रमा विशेष गरेर हास्यव्यङ्ये क्षेत्रमा कलम चलाउनु उहाँ एक मात्र साहित्यकार हुनुहुन्छ । उहाँको योगदानलाई नेपाल सरकारले पनि सम्mभनु पर्ने हो । तर सम्झन सकेको छैन् । काठमाडौं, धरान, झापासम्म आएर उहाँले साहित्यिक प्रशिक्षण र प्रर्वचनहरु ब्ेलाबेलामा दिदैं आउनु भएको छ । यसरी नेपाली भाषामा योगदान दिनेहरुलाई राज्यले संरक्षण तथा खोजी गर्नु वाञ्छानिय हुने छ ।