धरान / रुस्लान थ्रिस्टार क्लव काठमाडौका स्टाइगर निराजन खड्काको ह्याट्रिकसहित २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा मंगलबार भएको खेलमा सुदुरपश्चिम टिमलाई पाखा लगाउदै सेमिफाइलनमा प्रवेश गरेको छ ।
थ्रिस्टारले मंगलबारको खेलमा सुदुरपश्चिम–११ लाई ४–० गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । जितका लागि निराजन खड्काले खेलको ७ औं, ५४ औं र ९३ औं मिनेटमा गोल गरे । अर्को गोल खेलको ३८ औं मिनेटमा सुनिल बलले गरेका थिए । थ्रीस्टारले मदन भण्डारी स्मृति इटहरी गोल्डकप विजेता पनि हो ।
खेलेको म्यान अफ दी म्याच पनि खड्का नै घोषित भए । खेलको ७ औं मिनेटमा सुनिल बलको क्रस पासलाई निराजन खड्काको सशक्त प्रहार विपक्षी रंक्षापंक्तिका राकेश हमालले रोक्ने प्रयास गरे पनि जाली चुमेको थियो । थ्रिस्टारले ३८ मिनेटमा निराजनको पासमा सुनिल बलले गोल गरे । ४४ मिनेटमा पाएको सुन्दर अवसरलाई थ्रिस्टारका विदेशी खेलाडी अजय मार्टिन भने असफल भए । उनले विश्वास श्रेष्ठको पासलाई हेड मिस गरे । उत्तराद्र्धको ३ मिनेटमै विजय धिमालको पासलाई विश्वास श्रेष्ठको प्रहार बिफल भयो । पुन ९ औं मिनेटमा रन्जित धिमालको लामो क्रसपासलाई निराजन खड्काले हेडमार्फत् गोल गरेका थिए ।
उत्तराद्र्धको इन्जुरी समयमा सुदुरपश्चिमका चेतन थारुको हेण्डबल भएपछि पाएको पेनाल्टीलाई निराजनले सदुपयोग गर्दै ह्याट्रिक गर्ने अवसर पाए । खेल अवधीभर थ्रीस्टारले सुदुरपश्चिमलाई दवावमा राख्यो ।
सुदुरपश्चिमले पनि खेलमा आधा दर्जन अवसर भने खेर फाल्यो । सुरुवाती चौथो मिनेटमा, २० औं मिनेटमा, २१ औं मिनेटमा, २६ औं मिनेट, ३८ औ मिनेटमा, ६४ औ मिनेट र ८३ औ मिनेटमा पाएको अवसर सदुपयोग गर्न सकेन । ‘रिजल्ट अपेक्षा गरेको जस्तो भएन ।’ सुदुरपशिचम ११ का क्लवका अध्यक्ष शुरेश हमालले भने, ‘हाम्रा फरवर्डहरु चल्न सकेनन् ।’ विदेशी खेलाडीहरुले राम्रो खेल प्रर्दशन गर्न नसकेको उनले बताए ।
सुदुरपश्चिमले खेलको चौथो मिनेटमा विदेशी खेलाडी अरौउनाको प्रहारलाई विपक्षी गोलरक्षक एलन न्यौपानेले सुन्दर बचावट गरे । खेलको २० औं मिनेटमा डिबक्स छेउमा लडाएपछि पाएको फ्रिकिक प्रहारमा चेतन थारु चुके । करिव २० यार्डबाट गरेको प्रहार माथिल्लो बारबाट बाहिरियो । ३८ मिनेटमा सुदुरपश्चिमका विनोद केसीले गरेको शसक्त प्रहार पोल नजिकैबाट बारिरियो । दोस्रो हाफको २२ औं मिनेटमा सानो डिबक्स लाइनमा माधव भण्डारीले दिएको पास विदेशी खेलाडी अरौउनाको फितलो प्रहार गोलरक्षकले विफल बनाइ दिए ।
सुदुरपश्चिमको खेल नराम्रो होइन्, खाली स्कोर मात्रै नभएको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले प्रतिक्रिया दिए । ‘हामीले अनुभवले नै विट गरेका हौं ।’– उनले भने ।
अव थ्रिस्टारले पाहुँना टोली दुर्गापुर स्टील कोलकत्ताको सामाना गर्ने छ । बुधबारको पहिलो सेमिफाइनल साविक विजेता नेपाल पुलिस क्लव र उपविजेता संकटा क्लव काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।