धरान । सुनसरीको धरानमा अनौठो खेल कुराश प्रतियोगिता शनिवारदेखि शुरु भएको छ ।

प्रतियोगितामा विजेता, उपविजेता तथा विभिन्न टाइटल विजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।प्रतियोगीतामा महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुदैछ ।

 पुरुष जुनियारमा २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौल समूहकाले प्रतिष्पर्धा गरेका छन् भने सिनयर तर्फ ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

०७३ सालमा पहिलो पटक काठमाण्डौमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता दोस्रो संस्कारण  धरानमा शुरु भएको हो ।  यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । 
 यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पुर्याउदै आएको छ ।

पोखरामा गर्ने तय भएको दोस्रो कुराँस प्रतियोगिता पूर्वाञ्चलमा समेत प्रचारप्रसार होस् भन्ने उद्देश्यले धरानमा आयोजना गरिएको हो । सन २०१६ मा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएपछि यो खेलको विकासमा खेलाडी तथा कुरास सघ जुटेको छ ।
नेपाल कुरास संघका केन्द्रीय अध्यक्ष धुव्रराज न्यौपानलेले ६ बर्ष अगाडि नेपालमा कुराँस खेल शुरु भएको  वताउनु भयाे ।  सातै प्रदेशका खेलाडी सम्मिलित सो प्रतियेगितामा विभिन्न तौल समूहका १ सय ५२ खेलाडीले प्रतियोगितामा भाग लिएका छन् ।धरान –१३ स्थित कवर्ड हलमा शुरु भएको राष्ट्रिय प्रतियोगिता सोमबार समापन हुने आयोजकले जानकारी दिएको छ ।