धरान / प्रेस चौतारी नेपाल सुनसरी शाखाले सोमबार इटहरी र धरानका केही कलेजका विद्यार्थीहरुलाई संचारसीपबारे सहजकिरण गरेको छ ।
२० औँ स्थापना दिवसको अवसरमा संगठनले ३ वटा र धरानको डिपो उच्च माविका विद्यार्थीहरुलाई संचारसीप प्रदान गरेको हो ।
प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष, लिलाराज भट्टराई, केन्द्रीय सदस्य देबेन्द्र कार्की, पत्रकारीताका प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्व पूर्वाञ्चल संयोजक किशोरकुमार कार्की, चौतारीका जिल्ला अध्यक्ष शेखर ढकाललगायतले सहजीकरण गरेका थिए ।
संचार सम्बन्धि सबैले बुझ्न आवश्यक भएकाले यसतो कार्यक्रमको आयोजना गरिएको चौतारीका सचिव विकास राईले जानकारी दिए ।

IMG_3744 IMG_3743(1)