धरान । धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज(शनिवार) समापन भएको छ । 

धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको ं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

346106335_607341011459030_2109612535740009021_n

२०७९ सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट करिब ५० जना विद्यार्थीहरुले सहभागिता रहेको रहेको थियो ।

346100280_2191545504361924_4601402630534836959_n

ट्रेनिङमा सहभागि प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथी उप मेयर वेघा लगायतको अतिथीहरु सहितले प्रमाण पत्र र धरान टि–सर्ट प्रदान गर्नु भएको थियो । 

समापन कार्यक्रमलाई संवोधन गर्दै उप–मेयर वेघाले धरानको समग्र खेलकुदको विकास एकिकृत ढंगले नभएको भन्दै आगामी दिनमा समग्र खेल विकासको लागि न्यायोचित र एकिकृत ढंगले योजना वनाएर अघि वढ्नु पर्ने वताउनु भएको छ ।

346099522_240691845228053_1697875697612495528_n

उहाँले भन्नु भयो,‘खेलकुदको विधा र यसको क्षेत्राधिकार वृहत  छ,समग्र खेलको विकासमा सहयोग र न्यायचित व्यबहारले मात्रै धरानको खेलकुद क्षेत्र माथि उठ्न सक्छ। ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्ति र स्कुलमा उत्कृष्ट प्रशिक्षार्र्थीलाई कोचको  लागि सिफारिस गरिने राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले बताउनु भयो । 

344289646_626971446008985_6993115746018417150_n

उहाँका अनुसार एक हप्ताभित्र नै सहभागि खेलाडीहरु वीच प्रतियोगितात्मक खेल पनि खेलाइने भएको छ । 

समापन कार्यक्रम सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो भने विशेष अतिथी धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिती संयोजक सिजृना नेपाल, वडा नम्बर १६ का वडाध्यक्ष मुरारी भट्टराई , धरान मेघा कलेजका प्राचार्य भाष्करण पौडेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकॠषि राई लगायतको आतिथ्यतामा सम्पन्न भएको हो । 

346099965_1275902706654185_2378201748392599553_n

हरेक वर्ष संघ मार्फत वास्केटवल ट्रनिङमा सहभागि  हुने उत्कृष्ट हुने प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको हो । विद्यालयहरसँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आएको छ । 

हालसम्म ८ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा २ सय खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालयहरुमा  एक सय जना भन्दा बढि खेलाडीहरु निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइरहेका छन् । 

सहभागीहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा।आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ लगायतले नियमित प्रशिक्षण दिनु  भएको थियो ।

संघले विगत १२ बर्षदेखि प्रशिक्षण दिदैं आएको छ। राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा। आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, तविन मगर, तनु राई, सीतल तामाङ, जियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, रवि वास्फोर लगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन । उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ । 

संघका अनुसार धरानको मेघा हिमालयन कलेज, धरान उच्च मावि, डिपोट कलेजलगायतमा खेलाडीहरुले २५ प्रतिशतदेखि सय प्रतिशत नै छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनको अवसरमा पाउदैं आएका छन् ।