माघ २२, २०७४ / धरान: २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज धरानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा आयोजक धरान एफसीलाई दुर्गापुर स्टिल, कोलकाताले सडेन डेथमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरानले दुई गोलको अग्रता जोगाउन नसक्दा दुर्गापुरसँग पराजित हुनु पुग्यो । दुर्गापुरले अन्तिम समयमा दुई गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुवै टोलिले २-२ बराबरी खेलेपछि खेल पेनाल्टी शूटआउटमा धकेलिएको थियो। पेनाल्टी शूटआउटमा पनि बराबरी भएपछि सडेन डेथले खेलको निर्णय गरेको थियो ।

रोमन लिम्बुले खेलको दोस्रो मिनेटमा नै आयोजकलाई अग्रता दिलाएका थिए । बर्तमान राईले १६औ मिनेटमा अग्रता दोब्बर पारे । शशिकान्तले ७९ औ मिनेटमा दुर्गापुरकालागि गोल गर्दै गोल अन्तर कम गरेका थिए । एक मिनेटपछि शुभम थापाले गोल गर्दै खेललाई २-२ बराबरीमा पुर्याएका थिए ।

धरानका तिर्थ बस्नेतले सडेन डेथमा गोल गर्न चुके ।

27654381_214255939151322_5214715533650458539_n

दुर्गापुरका बाबु लाल म्यान अफ द म्याच घोषित भए । उनले दश हजार रुपैया प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल नेपाल पुलिस क्लब र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।

DSC09768