धरान /  धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई(साम्पाङ)ले पत्रकार सम्मेलन गरेर वडाधयक्षहरुको राजीनामा मागे लगतै वडाध्यक्षहरुले पनि पत्रकार सम्मेलन गरे मेयर राईले भ्रम फैलाएर धरानवासीलाई अलमलमा पारेको बताउनु भएको छ । 

बिहीबार धरानमा पत्रकारहरुसँग बोल्दै वडाध्यक्षहरुले ‘मेयर राईले धराने जनतामा भ्रम फैलाइरहेको’ बताएका छन् । धरानको कार्यपालिका बैठकमा भएको विवाद सुल्झाउनका लागि बसेको राजनीतिक दलको बैठकमा साम्पाङले आफूबाट कमी कमजोरी भएको र वडाध्यक्ष र नगरप्रमुखबीच फाटो ल्याउन कर्मचारीले खेल खेलेको बताए पनि बाहिर निस्केर अन्ठसन्ठ स्टाटस लेख्दैं हिडेको वडा १८ का अध्यक्ष प्रवीण राईले बताउनु भएको छ ।

‘बैठकमा गल्ती स्वीकार गरेको र मिलेर अगाडि बढ्न तयार हुनुभएका मेयर बैठकबाट बाहिरिनेबित्तिकै फेसबुकमा हामीलाई गाली गर्दै स्टाटस लेख्नुभएछ । अनि कसरी मेयरको विश्वास गर्ने, ’ उहाँले भन्नु भयो । 

मेयर राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा भने स्थानीय सरकार सञ्चालन ऐनको अपव्याख्या गरेर बच्ने कोसिस गरेको वडाध्यक्षहरुको भनाइ छ ।

धरानका ३० मध्ये २८ जना कार्यपालिका सदस्यले गरेको पत्रकार सम्मेलनमा १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयरले धरानमा अराजकता निम्त्याएको बताउनु भयो । 

उहाँहरुले पत्रकारहरुले पनि एक तफीृ समाचार लेखेर धराने जनतालाई गुमरामा राखेको बताउदैं । सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नु भएको थियो । १७ नं. वडाध्यक्ष मनोज भट्टराईले १५ दिन अघि खानेपानी बोर्डको गाडी दुर्घटना भए पनि पत्रकारहरुले त्यसलाई उजागार नगरेको बताउनु भयो । दुर्घटना पछि इन्सुरेन्स गरिएको सूचना पाएको उहाँले बताउनु भयो । फेसबुकमा हल्ला मात्र गर्नेतर उपमहानगरको नीतिगत काम केही पनि नभएको उनीहरुको भनार्ई छ । 

मेयर राईले राजीनामा मागेको विषयमा उनीहरुले मेयरले पनि राजीनामा दिएर फेरी चुनाव लड्न चुनौती दिएका छन् । मेयरले दिए आफुहरु पनि राजीनामा दिन तयार रहेको वडाध्यष भट्टराईले बताए । 

सहयोगीले वडाध्यक्षहरुलाई पत्र पठाएपछि विवाद

एक महिना अघि मेयरका सहयोगीले वडाध्यक्षहरुलाई पत्र पठाउँदै योजनाको विषयमा विवरण माग गरेपछि वडाध्यक्षहरु नीतिगत असहमति राख्दै मेयरलाईसच्चिन दवाव दिदैं आएका थिए ।  मेयरको ‘स्वकीय सचिव’ भन्दै ‘सहयोगी’ले पत्र काटेपछि वडाध्यक्षहरुले आफ्नो मान मर्दन भएको र कानुनसम्मत समेत नभएको भन्दै कार्यपालिका बैठकमा कुरा उठाएका थिए । तर मेयर राईले वडाध्यक्षहरुको आवाजलाई दवाउन खोजे पछि विवाद चर्केको थियो । मेयर राईले तनि पटक बैठक बोलाए पनि वडाध्यक्षहरु उपस्थित भएका छैनन् । बैठकमा उपस्थित नभएपछि विहीबार मेयर राईले विज्ञप्ति जारी गरि राजीनामा मागेका हुन ।