धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)ले कार्यपालिका बैठकमा अनुपस्थित भएको भन्दैं वडाध्यक्षहरूलाई ुअसक्षमु घोषणा गरि तुरुन्त राजीनामा दिएर मार्ग प्रसस्त गर्न माग गर्नु भएको छ । 

उहाँले विहीबार पत्रकार सम्मेलन नै गरि वडाध्यक्षहरुको राजीनामा माग्नु भएको हो । 

गत चैत १ गते स्थगित भएको बैठक महिना दिन पछि दुई पटक बोलाउँदा पनि वडाध्यक्षहरू अनुपस्थित भएकाले बस्न सकेको छैन । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कार्यपालिकामा रहने सबैका लागि बैठक बस्नै पर्ने बाध्यता सबैको कर्तव्य उलङ्घन गर्ने कसैको अधिकार नभएको मेयर राईले उल्लेख गर्नु भएको छ । 

‘कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाउनु पर्ने जारी विज्ञप्तिमा भनिएको छ । 

पत्रकार सम्मेलनमा मेयर राईलले केही महिना देखि बिना कुनै खास कारण पटक(पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकार माथि खेलबाड गरेकोबताउनु भएको छ । 

वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको कुरा संविधानको धारा २७ अनुसार सूचना पाउने नागरिकको मौलिक हक भएको बताउँदै उनले बडाहरूमा के कस्ता के कति काम भएका छ तुरुन्तै सार्वजनिक गर्न विज्ञप्ति मार्फत निर्देशन समेत दिनु भएको छ । 

विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन)को उपधारा ४ क (नगर प्रमुखको काम कर्तव्य र अधिकारको ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गरेर उहाँले राजीनामा माग गरेको बताउदैं आउनु भएको छ । 

उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको र सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएको विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा सदस्यहरुले आफुलाई अनादर गरेको समेत प्रष्ट पार्नु भयो । 

उहाँले वितरण गरेको विज्ञप्तिमा बैठकको अध्यक्षको अधिकार, बैठक संचालन लगायतका विषयमासमेत दफासहित उल्लेख गर्नु भएको छ । 

एक महिना अघि मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले वडाअध्यक्षहरुलाई  निर्देशनात्मक पत्र पठाएका थिए । सो विषयमा मेयर राईले आत्मआलोचना गर्नु पर्ने कार्यपालिका सदस्यहरुले माग राखेका थिए । तर मेयर राईलेसामानय विषय भन्दैं आत्मआलोचना नगर्ने अडान लिए पछि मेयर र वडाध्यक्षहरुको दुरी बढेको थियो । विचमा कार्यपालिका बैठकका लागि मेयर राईले समन्वय गरेर बैठक बोउनुको सट्टा छलफल नै नगरि कार्यपालिका बैठक ढाकिए पछि वडाध्यक्षहरु बैठकमा उपस्थिति जनाएका छैनन् । 

कार्यपालिकामा उत्पन्न विवादलाई राजनीतिक रूपमा समाधान गर्ने बाटो अपनाउनुको सट्टा मेयर राईले  ‘नगर प्रमुखको कानुनी अधिकार’ अधिकार उल्लेख गर्दै सहजै वडा अध्यक्षहरुसंग राजीनामा माग गरेर विवादलाई झन बढाउने काम गर्नु भएको छ । जननिर्वाचित जनप्रतिनीधिहरुलाई राजीनामा माग गरेर मेयर राईले नौट.की गरेको वडाध्यक्षहरुले बताएका छन् । कार्यपालिका बैडक संचालन गर्न असक्षम भएर वडाध्यक्षहरुको मानहानी गर्ने काम भएको भन्दैं परामर्श गरि निर्णयमा पुग्ने १५ नं. वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिनु भयो । 

342487397_795049581953016_4336263176675829116_n