धरान / ११ औं धरान १० के नेवा च्यारिटी रन २०७९ शनिबार भएको प्रतियिोगितामा खुला पुरुषतर्फ भारतीय सेनामा कार्यरत पाँचथरका दिपक सुहाङ प्रथम र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम हुनु भएको छ । 

करिव ३५ सय धावकहरुलाई उछिन्दैं दिपकले निर्धारित १० किलोमिटरको दृुरी ३२ मिनेट ५ सेकेण्डमा पुरा गर्दै विजेता बन्नु भयो । पुरुषतर्फ दोस्रो भएका त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३२ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्नु भएको थियो । केन्याली धावक सिमेन किप्लागतले ३३ मिनेट १३ सेकेण्डमा दौड पुरा गरेर तेस्रो हुनु भएको छ । महिलातर्फ विजेता राजपुराले ३७ मिनेट ३६ सेकेण्डमा दौड पुरा गर्नु भयो । 

 यस्तै,  त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले ४० मिनेट २८ सेकेण्डमाम दुरी पार गर्दै दोस्रो हुनु भयो । एपिएफकी आशा राउतले ४२ मिनेट २७ सेकेण्डमा दौड पार गर्दै तेस्रो हुनु भएको आयोजकले जनाउको छ ।  महिला र पुरुष खुलातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकाहरुलाई क्रमशः ट्रफीसँगै नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नु भएको छ ।

 यस्तै, १६ बर्ष मुनिको दौडमा पुरुषतर्फ कविन राई प्रथम, करण लिम्बु दोस्रो र अनिष लिम्बु तेस्रो भए भने महिलातर्फ नानी तामाङ प्रथम, कुसुम राई दोस्रो र सुना सिद्धिकी तेस्रो हुनु भएको छ ।  भेट्रानतर्फ पुरुषमा धर्म महर्जन प्रथम, निमेश क्षेत्री दोस्रो र पाण्डव महतो तेस्रो हुनु भयो । भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, श्रीलामा भुटिया दोस्रो र शर्मिला राई तेस्रो हुनु भयो । 

ह्विलचियर रेसका विजेताहरुलाई पनि पुरस्कार विरतण गरिएको थियो । सुपर भेट्रानतर्फका विजेता कृष्ण तामाङलाई उपहार दिइएको थियो । विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई, प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, अभिनेता दयाहाङ राई, बिबिसि मास्टर सेफ विजेता सन्तोष साहलगायतले पुरस्कार वितरण गर्नु भयो ।  । दौड अघि ब्रिटिश बिग्रेड गोर्खा ब्याण्डले सलामी थियो ।