धरान / नेपाल कै सर्वाधिक धावकहरु एक सात दौडने ११ औं धरान १० के नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगितामा भारतको दार्जिलिङ, सिक्किम, केन्या, हङकङ, अमेरिका, युकेलगायत देशहरुका धावकहरुले समेत सहभागिता जनाउने भएका छन् । 

फागुन १३ गते शनिवार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान रन समुहले जानकारी दिएको छ । ११ औं सँस्करणमा धरान र धरान वाहिरका ३ हजार बढी धावकधाविकाहरुले सहभागिता जनाउने धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिनु भयो ।  प्रतियोगितामा नेपालका राष्ट्रिय म्याराथन धावकहरुसंगै भारतको दार्जिलिङ, सिक्किम, केन्या, हङकङ, अमेरिका, युके लगायत देशहरुबाट समेत सहभागिता जनाउने उहाँले बताउनु भयो ।

११ औ संस्करणमा दौड प्रतियोगिताको रुट परिवर्तन गरिएको छ। धरान उपमहानगरपालिकाले भर्खरै मात्र सुरु गरेको वान वे सवारी अभियानलाई सर्मथन गर्दै रुट परिवर्तन गरिएको धरान रनका संस्थापक तथा म्याराथन धावक सन्तोष राई जानकारी गराए । अहिलेको रुटले लामो समय सडक अवरुद्ध गर्न नपर्ने आयोजकले जनाएको छ । 

यस पटक पुतलीलाइनबाट दौड सुरु गरेर पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, वद्ध चोक, दुर्गा चोक हुदै पुतली लाइनमा नै समापन हुने रुट तय गरिएको छ । यस अघि अर्कै रट तय गरिए पनि धरानको वन वे प्रणालीलाई मध्य नजर गरेर आयोजकले रुट परिर्वतन गरेको हो ।

यसैगरि धरान रनले ११ औ संस्करण दौड प्रतियोगितामा पहिलो पटक टाइमिङ्ग चिपको प्रयोग गरेको छ । करिव १६ लाख रुपैया खर्चमा टाइमिङ्ग चिप प्रयोगमा ल्याउन लागेको छ । टाइमिङ्ग चिपको प्रयोग नेपालमा नै पहिलो रहेको आयोजकले जनाएको छ । चिपको प्रयोगले खेलाडीको सवै नतिजा तथा डाटा कम्प्युटरमा सेट हुने र सहि नतिजा तयार गर्न सकिने छ । यो सहभागि प्रत्येक खेलाडीको चेस्ट नम्बरसंगै टासिएको हुन्छ । यस चिप्सबाट धावक आयोजकले ताकिएको रुटमा दौडिएकोहो होइन भन्ने पनि देखाउछ । 

११ औ संस्करणका महिला पुरुष विजेतालाई आयोजक धरान रनले लन्डन हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने भएको छ । धरान रनले नेपाल रन लन्डन र लन्डन म्याराथन टिमसँग सहकार्य गरेर सहभागिता गराउने बताइएको छ । धरान १० किमि रन पुरुष तर्फ ३१ मिनेट र महिला तर्फ ३४ मिनेटमा पार गरेका विजेता, नेपाली नागरिक भएका खेलाडी पुरुष एक र महिला एक जना खेलाडी लन्डन हाफ म्याराथनमा सहभागी हुन पाउने धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिनु भएको छ । एक जना खेलाडी बराबर करिव तीन लाख रुपैया खर्च आउछ । त्यसको सम्पुर्ण व्यवस्थापन धरान रनले गर्ने पनि उहाँले जानकारी दिनु भयो ।

प्रतियोगिताको आकर्षणको रुपमा गोर्खा विग्रेड व्याण्ड वेलायतको प्रस्तुति र दयाहाङ राईको उपस्थिति हुने आयोजकले जनाउको छ । दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा बिग्रेड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिने छन् । 

प्रतियोगितामा यस पटक नेपालका चर्चित कलाकार दयाहाङ राई खेलाडीहरुको दौडने छन् । त्यस पछि औपचारीक तथा पुरस्कार वितरण कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ । यस्तै दौडमा बिबिसि मास्टरसेफ विजेता सन्तोष साह पनि सहभागीहुने छन् । 

प्रतियोगिताका विजेताले नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो उपाधि विजेताले ४० हजार र तेस्रो उपाधि विजेताले जनही ३० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १३ वर्ष मुनि, ४० देखि ५९ वर्ष सम्मका भ्रेटान, ६० देखि माथी सुपर भ्रेटान र व्हिलचियरको छुट्टै प्रतिश्पर्धा गराइनेछ । १३ बर्ष मुनिकाहरुले ३ कि.मि. मात्र दौडनु पर्नेछ । भेट्रान, १३ वर्ष मुनिका र व्हिलचियर प्रतिस्पर्धाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नेछ।