सुनसरी । थारु चलचित्र तथा सास्कृतिक सँघ सुनसरीकाे प्रस्तुतिमा हाेली के उमङ्ग गितको म्युजिक भिडियो TFCA Nepal यु टुव च्यानलबाट फागुन ४ गते झुम्काकाे 3D सिनेमा हलबाट सार्वाजानिक गरिएकाे छ । रामधुनी नगरपालिका नगर प्रमुख शङ्करलाल चौधरीले रिविन काटी सार्वजनिक गर्नु भएकाे हाे ।

गितमा अन्जली चाैधरीकाे शब्द सँगित स्वर  रहेकाे छ भने देव कुमार विश्वाश सुमधुर स्वरले गाईएकाे गितमा थारु महानायक प्रशुराम चाैधरी, जानकी चाैधरी, विनाेद चौधरी, पन्नालाल सिकदार, ललिता चाैधरी लगायतकाे बेजाेड प्रस्तुती रहेकाे छ । गितकाे छायाङ्कन रविन चाैधरीकाे रहेकाे छ ।काेरियाे ग्राफि भने आशिष चाैधरीकाे रहेकाे छ भने गितकाे एरेन्ज सुरज श्रेष्टले गर्नु भएकाे छ   ।

हाेलि पर्व नजिकिदै गर्दा शुभ अबसर पारेर थारु जातीहरुकाे पर्वमा  माया, सदभाव,  प्रेम, थारु भाषाकाे हाेलीकाे फाेहाेरा भिडियाेमा उतारेका छन् । थारु चलचित्र तथा सस्कृतिक सघ सुनसरीले थारुहरुको लोपोन्मुख झन्डै एक दर्जन म्युजिक भिडियो निर्माण गरी सकेका छन् ।

सिनेे जगतका परशुराम चौधरीलाई अभिनन्दन 

थारु सिने जगतका प्रमुख व्यक्तित्व थारु चलचित्र " करम" फिल्मका पहिलो नायक परशुराम चौधरीलाई विमोचन कार्यक्रममा दोसल्ला अभिनन्दन पत्र द्वारा आयोजक थारु चलचित्र तथा सास्कृतिक सघ सुनसरीले सम्मान गरेको हो ।

 कार्यक्रका प्रमुख अतिथि तथा रामधुनी नगरपालिकाका नगर प्रमुख शङ्गकरलाल चौधरी र सस्थाको सभाध्यक्ष जानकी चौधरीले सम्मान गर्नु भएकाे थियो ।

वि. स. २०२१ वैशाख २० गते रामधुनी नगरपालिका ५ वडामा जन्मिनु भएका चौधरी नेपाली थारु मैथिली फिल्मबाट फिल्म क्षेत्रमा पाइला चाल्दै दर्जनौ फिल्ममकाे निर्माता निर्देशकको भुमिका निर्वाह गरि सकेका छन । झन्डै ३०० सय चलचित्रहरुमा प्राविधिकको रुपमा काम गरि सक्नु भएका र विभिन्न म्युजिक भिडियो, वृत चित्र तथा नेपाल टेलिभिजन बाट प्रशासन हुने "समाद" कार्यक्रम कार्यरत विगत ४ दशक निरन्तर सक्रिय चलचित्रक्षेत्रामा योगदान दिदै विभिन्न सघ सस्था आवद्ध भइ सामाजिक अभियान्ताको रुपामा सक्रिय भएको भन्दै अभिनन्दन पत्रले सम्मान गरेको थारु चलचित्र तथा सास्कृतिक सघका महासचिव प्रदीप जस्मैतले बताउनु भयाे ।

यो सस्थाले थारुहरुको चाचैर विरहन पराती झुमैर लगायत थारु जागरण हुने खालको कामको योजना एजेन्डा ल्याउनु सहयाेग गर्ने मेयर शङ्गकरलाल चौधरीले बताउनु भयाे ।