काठमाडौं  / नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा सुनसरीबाट अध्यक्ष, उपाध्यक्ष र सचिव पदमाा उम्मेदारी परेको छ ।  फागुन २ बाट सुरु भएको महाधिवेशनमा विहीबार हुने निर्वाचनमा सुनसरीका विद्यार्थी नेता लोकेश निरौलाले अध्यक्षमा उम्मेदारी दिनु भएको छ । उपाध्यक्षमा उकराज दाहाल र सचिवमा भने तीन जनाले दावी गरेका छन् । 

सचिवमा क्रमशः सुनसरीका अन्जु पाण्डे (इटहरी), आरती भट्टराई (वराहक्षेत्र) र टीका सुवेदी (वराहक्षेत्र) ले उम्मेदारी दिनु भएको छ । 

त्यसै गरी स्थायी कमिटीमा समेत सुनसरीबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । मोनालिसा श्रेष्ठ (धरान), रमेश विष्ट (वराहक्षेत्र) र मणि चाम्लिङ राई (धरान) ले स्थायी कमिटी सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।

केन्द्रीय सदस्यमा भने सुनसरीबाट चार जनाले उम्मेदवारी दिनु भएको छ ।  

 महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ। 

महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् । अध्यक्षको नेतृत्वका लागि सुनसरीका लोकेश निरौलासहित आरसी लामिछाने, समिक बडाल, वान्छु योन्जन र मोती विकले उम्मेदारी दिनु भएको छ ।