धरान /  धरानमा पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला बुधबारदेखि सुरु भएको छ । मेला प्रदेश नं १ सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गर्नुभएको छ ।  उद्घाटन समारोहमा मन्त्री सिटौलाले हामीले गुणस्तरीय र कम मुल्यमा फुल उत्पादन गर्न सके विदेशी फु आयतमा कमी आउने बताउनु भयो । त्यसको लागी सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउने, व्यवसायीहरुलाई टिकाउने काम सरकारले गर्ने उहाँको भनाई थियो । 

 मन्त्री सिटौलाले पुष्प खेती पढ्न चाहने विद्यार्थीहरुलाई सरकारले छात्रवृत्ति दिनसकिने पनि बताउनु भयो । कृषिमा अनुदान भन्दा पनि प्रोत्साहन हुने कार्यक्रम आवश्यकता रहेको उहाँले बताउनु भयो ।  कार्यक्रममा प्रदेश सांसद रमेश बस्नेत, विजय राई, धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनालगायत अतिथिहरुले बोलनु भएकोे थियो । प्रदेश भरीबाट आएका पुष्प व्यवसायीहरु मध्य उत्कृष्ट व्यवसायीहरुलाई आयोजकले सम्मान पनि गरेको छ । मेला २९ गतेसम्म चल्ने छ । 

मेयर साम्पाङको आलोचना 

धरानमा आयोजना भएको प्रदेश स्तरीय पुष्प प्रदर्शनी मेलामा स्थानिय सरकार धरान उपमहानगरपालिकाबाट कुनै सहयोग नपाएको आयोजकहरुले गुनासो गरेका ५न्प । उहाँहरुले पत्रकार सम्मेलनमै गुनासो गरेका थिए । धरानका मेयर हर्क साम्पाङले जलाधारमा फुलको बिरुवा रोपेको फुल फुलेको सामाजिक सञ्जालमा निकै प्रचार गरे पनि यत्रो मेलामा मेयर साम्पाङको उपस्थिति थिएन् । 

धरानलाई फुलको सहर बनाउने मेयर साम्पाङको नारा धरानमै आयोजना भएको पुष्प मेलामा भएको अनुपस्थितिले केवल नारा मात्र हो कि भन्ने प्रश्न मेलाका सहभागी नर्सरी सञ्चालकहरूले गरेका छन् । 

flower