विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा हुनु भएको छ । मन्त्रालयमा सोमबार विदाई कार्यक्रम आयोजना गरिएको थियो । 

मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दै भन्नु भयो । “जनताले दिएको म्यान्डेडअनुसार हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गर्यौ ।” कार्कीले संघीयता कार्यान्वयनको लागि कतिपय अधिकार केन्द्रबाट प्रदेशमा हस्तान्तरण गर्न ढिलाई हुँदा समस्या भएको बताउनु भयो । 

मन्त्रालयका सचिव उमेश बस्नेतले कर्मचारी र राजनीतिक नेतृत्वको सुझबुझपूर्ण समन्वयमा जनअपेक्षा अनुरुपका कार्य गर्न सकिने बताउन ुभयो । मन्त्री कार्कीले समेत कर्मचारीहरुलाई मायाको चिनो प्रदान गर्दै मन्त्रालयबाट विदा भए । त्यस क्रममा आफू चढ्दै गरेको सवारी साधन मन्त्रालयमै जिम्मा लगाए अनि आफ्ना स्वकीय सचिव दिवश राजवंशीलाई मोटरसाइकल ‘स्टार्ट’ गर्न आग्रह गर्नुभयो ।  मन्त्रालयका कर्मचारीले सवारीमै बसेर जान आग्रह गरिहेका थिए । तर, कार्कीले मान्नु भएन । अनि राजवंशीलाई भने जाऊ अब । त्यसपछि मोटसाइकल पछाडि बसेर कार्की मन्त्रालयबाट विदा हुनु भयो । 

नयाँ सरकार गठनका लागि नेकपा एमालेबाट संसदीय दलका नेता मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।