विराटनगर  / प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यसैगरी, संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले कार्यविभाजनपछि हुने गरी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो ९लिम्बू०, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री पदकका लागि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।