विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न ६० जना सांसदले समर्थन गरेका छन् । नेकपा एमालेसहित चार दलका ६० जना सांसदले समर्थन गरेका हुन् ।

सत्ता गठबन्धनका सांसदहरु कार्कीलाई मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेर दावी पेस गर्नु भएकाे छ ।

९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।

संभवत उहाँ आजै मुख्यमन्त्री नियुक्ती हुनुहुने छ ।

FB_IMG_1673174182861