धरान / गतसालको डिफेन्डिङ च्याम्पियन डिपो उच्च माविले हिसान बास्केटवल च्याम्पियनसिप २०७४ मा पनि कव्जा जमाएको छ । डिपोले फाइनल खेलमा अल्पाइन एम्स एकेडेमीलाई हराउदै उपाधि माथि कव्जा जमाएको हो । विहीबार भएको फाइनल खेलमा डिपोले एम्सलाई ३४÷३२ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । डिपो र एम्सले प्रत्येक क्वाटरमा ८÷९, १०÷७, ६÷१० र १०÷६ अन्तरले अंक जोडेका थिए । डिपोलाई उपाधि दिलाउन टिम क्याप्टेन समेत रहेका प्रदिप गुरुङले व्याक्तिगत १४ अंक जोडेका थिए । उपविजेता एम्सका सुसन श्रेष्ठले व्याक्तिगत १० अंक जोडेका थिए । फाइनल खेलको म्यान अफ द म्याच डिपोका कविन मगर र प्रतियोगिताका मोष्ट भ्यालुएवल खेलाडी डिपो कै प्रदिप गुरुङ घोषित भए । माघ १५ गते देखि सुरु भएको हिसान स्पोर्टस मिट २०७४ अन्तर्गत हिसान बाँस्केटवल प्रतियोगितामा सुनसरी भरिका ११ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका अध्यक्ष तथा डिपो क्याम्पसका प्रमुख राजकुमार राई, प्रमुख अतिथि नेपाल बास्केटवल संघ, केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथी जिल्ला बास्केटवल संघ सुनसरी अध्यक्ष नारायण सुवेदी, हिसान अध्यक्ष मुकुन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो । डिपो अदर्श वहुमुखी क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा प्राविधिक सहयोग धरान बाँस्केटवल संघले गरेको जिल्ला बास्केटवल संघ, सुनसरी सचिव विकास चाम्लिङ राईले जानकारी दिए ।