धनकुटा /  प्रदेश न १ को पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा शनिबारबाट तीन दिने खाना महोत्सव सुरु भएको छ ।

होटल एसोसिएसन भेडेटारले आयोजना गरेको खाना महोत्सव अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहेका छन् । महोत्सवको उद्घाटन प्रदेश सांसद निरन राईले गर्नु भयो । 

आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षित गर्न पदयात्रा र साइक्लीङ का साथै सडकमै खाना र सडकमै रमाउने प्याकेज रहेका समेत रहेको जनाईएको छ । प्याकेजहरुमा ३० प्रतिशत सम्म छुट र आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भेडेटारका होटलमा २० प्रतिशत सम्म छुटको व्यावस्था समेत रहेको होटल एसोसियसन भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य निरन राईले भेडेटारको पर्यटन विकासका लागि प्रदेश सरकारबाट विशेष योजना ल्याउन पहल गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथी तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटन मैत्री गाउँपालिका बनाउन सवै वडाहरुमा होमस्टे संचालन गरिने बताउनु भयो । 

निःशुल्क जग्गा दिने जग्गादातालाई साँगुरीगढी गाउँपालिकाको सम्मान

सोही अवसरमा गाउँपासलकालाई निशुल्क जग्गा उपलब्द गराउने जग्गादाताहरुलाई सम्मान गरिएको छ ।  धरान उपहानगरपालिका वडा नं १० नारायण चोकका मीनकुमार लिम्बु र वडा नं. १६ जनपथका लक्ष्मण वस्नेलाई सम्मान गरिएको हो । साविक भेडेटार गाउँ विकास समिति वडा नं ४ हाल साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारमा रहेको कित्ता नं। ९३९ मध्येबाट साँगुरीगढी गाउँ कार्यपालिकाको कार्यालय भेडेटार धनकुटालाई कार्यालय भवन निर्माणका लागि क्षेत्रफल ६ आना २ पैसा जग्गा निशुल्क प्रदान गर्नुभएको थियो ।  त्यस्तै हाल साँगुरीगढी गाउँपालिका वडा नं। ६ लेउतीटार वस्ने समाजसेवी देव इवाहाङ्गले भेडेटार स्थित सार्वजनिक शौचालय नजिक रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माण गर्नका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गर्नुभएको छ । जग्गादाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय निरन राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, होटल एशोसिएशन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले संयुक्त रुपमा सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 

यस्तै पर्यटन प्रवद्धनमा योगदान दिएको भन्दैं धनकुटाका पत्रकार इश्वर थापलाई समेत सम्मान गरिएको छ ।