धरान /  पूर्वको र्यटकीयस्थल भेडेटारमा शनिवारदेखि  तीन दिने फुड फेस्टिवल शुर हुने हुदैं छ । पर्यटन प्रवद्र्धनका लागि अग्रेजी नयाँ बषर््को अवसर पारेर होटल एशोसिएशन भेडेटारले उत्सव गर्न लागेको हो । े 

पुस १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म रहने एशोसिएशनकी कार्यवाहक अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिनु भयो । 

 फेस्टिवलले पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, साँस्कृति र शिक्षा क्षेत्रको प्रर्वद्धनमा टेवा पुर्याउने पनि आयोजकको भनाई छ । फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रर्वद्धन हुने गरि स्टलहरु राखिएका छन् । फेस्टिवलमा १ करोड २५ लाख बराबर कारोबार हुने अनुमान गरिएको छ भने २५ देखि ३० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । 

 फेस्टिवलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्र्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सुर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होम स्टे, डाँडाबजारस्थित ध्वजे डाँडा, ओख्रे भ्यु टावरलगायत स्थलहरु रहने आयोजकले जनाएको छ । फेस्टिवल अवधिमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुने आयोजकले जनाएको छ । 

 साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिकाले पर्यटनको विकास र प्रवद्र्धनमा प्राथमिकता दिएको बताउनु भएको छ ।  भेडेटारको मुख्य आय पर्यटन, होटल व्यवसाय र कृषि भएकोले स्थानीय सरकारको ध्यान यसैमा केन्द्रीत रहेको उहाँको भनाई छ ।  

No description available.