इटहरी  /  इटहरी उपमहानगरपालिकाले आज पौष १३ गते बुधवार शोक बिदा मनाउने भएको छ ।  उपमहानगरपालिका भित्रका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । 

जग्गा दाताहरू रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको निधनमा दुख व्यक्त गर्दै शोक बिदा दिइएको हो । उहाँको पुस १२ गते निधन भएको थियो । 

 मंगलबार सूचना प्रकाशित गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले जग्गा दाताको निधनमा बिदा दिइएको जानकारी दिनु भएको छ ।