• विकास चाम्लिङ राई

धरान / महेन्द्र वहुमुखी क्याम्पसका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आयोजित अन्तर व्याच अखिल वास्केटवल प्रतियोगिताको उपाधि विविएस बास्केटवल टिमले जितेको छ । विविएसले विविए टिमलाई फाइनल खेलमा २९–१३ अंकको अन्तरले पराजित गरेको हो । विजेता विविएस टिमले नगद तीन हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेता विविए टिमले नगद एक हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । फाइनल खेलमा विविएस र विविएले प्रत्येक क्वाटरमा ७–७, ५–४, ११–२ र ६–० अंक जोडेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी अनेरास्ववियुका केन्द्रिय सदस्य जानुका कार्की, जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष तथा नेकपा एमाले धरान उपमहानगरपालिका कमिटि अध्यक्ष नारायण सुवेदी र पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरुमा खेलको माध्यमवाट आपसी भाइचारा वढाउनको लागि बास्केवल प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष तथा अनेरास्ववियु महेन्द्र क्याम्पस कमिटि अध्यक्ष सुजन खत्रिले जनाए । प्रतियोगितामा विविएस ए र वि टिम, विएड प्रथम र द्धितिय वर्ष। विए प्रथम र द्धितिय वर्ष र विविए गरि सात वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रविधिक सहयोग जिल्ला बास्केटवल संघ सुनसरीले गरेको संघका अध्यक्ष नारायण सुवेदिले जनाए ।