धरान  / आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुनसरी क्षेत्र नं. १ को मतगणनाको तयारी शुरु गरेको छ । 

आज बिहान ९ बजेदेखि सर्वदलिय बैठक बसिरहेको छ । राजनीतिक दलहरुमा सहमति जुटाएर चाढै मतगणना शुरु गरिने क्षेत्रीय निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिनु भयो । ९ बजेदेखि शुरु गर्ने भनिए पनि बैठक भरखर मात्र बस्न लागेकाले गणना शुरु ढिलो हुने भएको छ । 

निर्वाचन क्षेत्र नं १ मा ७८ हजार ९ सय ४३ मत खसेको छ । यस क्षेत्रमा १ लाख ३८ हजार मतदाता रहेका छन् । 

जिल्लाका अन्य ३ निर्वाचन क्षेत्रमा पनि मत गणना शुरु भएको छैन् । राति अबेर मात्रै मतपेटिका सङ्कलन भएको र प्रमाणित गरेर बुझ्ने कार्य भएकोले मतगणना गर्नकालागि ढिलो भइरहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीमा अहिले सबै तिर सर्वदलीय बैठक बसिरहेकोले आज बिहान ११ बजे देखि मात्रै मतगणना हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । 

सुनसरी जिल्लामा जम्मा ३४६६९३ जनाले मतदान गरेका छन् । जसमा पुरुष १६९२३५, महिला १७७४५४, र अन्य ४ जनाले मतदान गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  यस पटक ६३ दशमलव ६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।