धरान / मजदुर नेता भीम ज्वाला राईले बागी उम्मेदवारविरुद्ध आक्रामक अभिव्यक्ति दिनु भएको छ । धरान–१६ स्थित चुनावी कोण सभामा एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने बताउनु भयो । 

नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका ज्वालाले बागी उम्मेदवारको कटाक्ष गर्नु भयो । बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टी काममा फर्कन ज्वालाले अनुरोध  पनि गर्नु भयो । उहाँले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न आग्रह गर्नु भयो । बागी उम्मेदवारलाई भेडाको सज्ञा दिदै ज्वालाले भीर ताकेर हिडेको भेडोको पछि लागेर गए दुर्घटना हुने बताउनु भयो ।  

नेकपा एमालेको केन्द्रीय निर्णय विरुद्ध बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोप्रति लक्षित गर्दै ज्वालाले भन्नु भयो –‘ुउहाँलाई पार्टीले उपमेयर बनायो, मेयर बनायो र सांसदको टिकट पनि दियो, तर आज पार्टी निर्णयको सम्मान गर्न नसकेर पार्टीविरुद्ध लाग्नु भयो।’ घर बिगार्नेसँग पार्टी निर्माणको अपेक्षा गर्न नहुने उहाँको भनाई थियो । 

एमालेले केन्द्रीय नेताहरुले धरानलाई वेवास्ता गरेको भन्दैं एमाले छाडेर धरानका पूवृ मेयरसमेत रहनु भएका मनोजकुमार मेन्याङबोले स्वतन्त्रबाट प्रतिनिधी सभा सदस्यमा  उम्मेदवारी दिनु भएको छ ।
चुनावी कोण सभालाई सम्बोधन गर्दै मजदुर नेता ज्वालाले सत्ता गठबन्धनलाई भोट दिनु भनेको भारतीयलाई दाहिने हातले सिन्दुर र देब्रे हातले नागरिकता दिनु भएको बताउदैं एमसीसी पास गर्नेहरुलाई अनुमोदन गर्नु हो, कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई बुझाउने भारतीय कम्फर्टेबलहरुको पक्षमा उभिनु भएको प्रष्ट पार्नु भयो । 

ज्वालाले प्रश्न गर्नु भयाे,तपाइहरु कसलाई भोट दिनुहुन्छ, राष्ट्रको सार्वभौम सत्ता बचाउन खोज्ने, सीमा रक्षा गर्न खोज्ने र मुलुकलाई समृद्ध र सुखी बनाउछु भन्नेलाई ?  कि विदेशी इशारामा नाच्ने, देशलाई गुलाम बनाउन खोज्ने, फिजीकरण र सिक्किमीकरण गर्न खोज्नेलाई ?–उहाँले प्रश्न गर्नु भयो ।

धरानका चिया पसलमा हुने गफलाई उद्धृत गर्दै नेता ज्वालाले यो पटक धरानेले राष्ट्रिय नेता प्राप्त गरेको बताउनु भयो । धरानको पहुँच केन्द्रमा पुग्न सकेन भनेर सर्वसाधारणको गुनासो भैरहेका बेला धरानेलाई अवसर प्राप्त भएको ज्वालाले बताउनु भयो । ‘यो पटक हामीलाई केन्द्रसग जोड्ने शालिन, बौद्धिक र क्षमतावान नेता नेकपा एमालेले दिएको छ, प्रतिनिधि सभामा चाता चिह्नमा मतदान गरी राष्ट्रिय नेता अशोककुमार राईलाई जिताउन आवश्यक छ,ु ज्वालाले भन्नु भयो ‘धरानका दुर्गमलाई विकास गर्न हामीसामु अवसर आएको छ ।’

ज्वालाले धरानलाई एक थान साम्सद पर्याप्त नहुने बताउनु भयो । एमाले जसपा विरुद्ध चुनावी मैदानमा देखिएका अनुहारहरु सम्झन आग्रह गर्दै मजदुर नेता ज्वालाले मतदाताहरुलाई भननु भयो, –‘एउटा स्वतन्त्र सांसदको काम, कर्तव्य र अधिकार नीति निर्माण गर्ने र कानुन बनाउने हो, विकास र परिवर्तनको नेतृत्व पार्टीले गरेको हुन्छ, निर्दलीय व्यक्तिलाई जिताएर धरानको कायाकल्प गर्न सम्भव छैन ।’