धरान / धरान । नेकपा एमाले र जनता समाजवादी नेपालका साझा उम्मेदवारहरुलाई धरान–१८का जनप्रतिनिधीले जितको शुभकामना दिनु भएको छ । 

मसिर ४ गतेको चुनावको लागि घरदैलो अभियानमा रहेको उम्मेदवारहरुलाई मतदाताहरुको शुभकामना र बधाई सँग –सँगै जनप्रतिनिधीहरुले पनि वडा– वडामा वधाई तथा शुभकामना दिएका छन् । 

मंगलबार धरानको वडा नम्बर १८ मा साझा उम्मेदवार अशोक राई र विजय राई सहित नेता तथा कार्यकर्ता मत माग्न घरदैलो अभियानमा थिए । धरान –१८ को रत्न चौकमा पुगेका उम्मेदवार कोण सभाको तयारी रहेका वेला वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन कुमार राई कोण सभा स्थलमा नै पुगेर जितको  शुभकामना दिनु भएको छ ।  

,‘जितेर जानुस्, धरानको लागि विकास अनि सम्वृद्धिको पाटोमा उदाहरणीय काम गरेर देखाउनुस जनता सदैव विकासप्रेमीको पक्षमा छन ।’–वडाध्यक्ष राईले भन्नु भयो । 

धरान वडा नम्बर –१८ का मतदाता पनि उम्मेदवारलाई आगामी मंसिर ४ गतेको चुनावमा एमाले र जसपाको साझा उम्मेदवारलाई भोट हालेर जिताउन आतुर देखिएका छन् । घरदैलोमा रहेको उम्मेदवारसँग वडाको विकास र समग्र धरानको विकासको लागि आसाको केन्द्र भएको भन्दै शुभकामना दिए । वडा नम्बर १८ का कुमार राईले धरानको खानेपानी समस्या दीर्घकालिन समस्या भएकाले पुरा गर्नका लागि आग्रह गर्नु भएको छ ।  

कोण सभामा वोल्दै सुनसरी क्षेत्र नम्बर १ का संघीय उम्मेदवार अशोककुमार राईले चुनाव जितेर गएपछि स्मरणीय काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।  म धरान निवासी भईसकेको छु,मेरो जीवन धरानसँग लामो संवन्ध रहेको छ,त्यसैले धरानको विकास गर्न म धरानवासी भएर चुनाव लड्दैछु,त्यसैले मंसिर ४ गते छाता र सूर्यमा मतदान आम मतदाताहरुमा आग्रह गर्दछु । 

उम्मेदवार राईले वडा नम्बर १८ मा रहेको प्रतिष्ठित गहना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई थप प्रभावकारी वनाउन स्तर उन्नती गरेर सेवालाई अझै गुणस्तरीय वनाउने पनि प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो –‘धरानको समस्या खानपानी समस्या हो, यसको समाधान गर्न पनि मेरो उम्मेदवारी हो, यहाँका नगरपिताले जुन कुरा खानेपानी पानी समस्या समाधानको प्रयत्न गर्दै हुनु हुन्छ, म थप त्यसका लागि कोशीको पानी खुवाउन प्रतिवद्ध छु ।’

कोण सभामा निवर्तमान प्रतिनिधी सभखभ सदस्य जयकुमार राईले मंसिर ४ पछि स्थायी सरकार बनाउन एमाले –जसपा तालमेल आवश्यक भएको बताउनु भएको छ ।