धरान  / आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले बुधबार नाम फिर्ता लिन निर्वाचन आयोगले समय सिमा तोकेको छ । 

बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सुनसरी १ मा मनोज मेन्याङ्बोले उम्मेद्वारी फिर्ता नगर्ने 

सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेले स्थानीय स्तरबाट जयकुमार राईलाई सर्वसम्बत उम्मेद्वार बनाउने निर्णय गरेर केन्द्रलाई पठाएको थियो । तर पार्टी केन्द्रले सुनसरी १ मा गठबन्धन गरेर जनता समाजबादी पार्टीका अध्यक्ष अशोक राईलाई दिए पछि नेकपा एमालेका नेता कार्यकर्ता असुन्तुष्ट बनेका थिए । केन्द्रले गतल निर्णय गरेको भन्दैं नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले उम्मेद्वारी दिनु भएको छ । उहाँलाई उम्मेद्वारी फिर्ता गर्न पार्टीले चर्को दवाव दिएको भए पनि उहाँले फिता गर्नु भएको छैन् । कुनै हालतमा उम्म्द्वारी फिर्ता नहुने उहाँले बताउनु भएको छ । 

पार्टीले धरानलाई हर्ने दृष्टिकोण जहिल्यै नेगेटिप भएका कारण सुधार्नु पर्छ भनेर मैले उम्मेद्वारी दिएको बताउनु भएको छ । ‘पार्टीले हामीलाई धेरै ठूलो अन्याय गरेको छ । पार्टीले धरानलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्छ भन्ने आन्दोलन हो । कमरेड अशोक राई ज्यु नै म कहाँ आउनु भयो । मित्रवत प्रतिस्पर्धा गर्ने हाम्रो सहमति भएको छ । उहाँलाई मैले गलत ठाउँमा आउनु भयो भने । आफुलाई सहयोग गर्न आग्रह गरेर पठाएको छु ।’–मेन्याङ्बोले भन्नु भयो । उम्म्द्वारी फिर्ता गर्न अध्यक्ष केपी ओलीदेखि उपाध्यक्ष  सुवास नेम्माङसम्मको फोन आयो तर धरानलाई पार्टीले सधै उपेक्षा गरेकाले मैले उम्मेद्वारी फिर्ता नगर्ने उहाँले बताउनु भएको छ । 

सुनसरी क्षेत्र नं. १ मा एमाले र जसपाको गठबन्धनमा प्तिनीधि सभा सदस्यमा जसपाबाट अशोक राई हुनुहुन्छ । प्रदेश सभा सदस्यमा क बाट एमालेका रमेश बस्नेत र ख बाट एमाले कै विजय राईको उम्मेद्वारी परेको छ । सत्ता गठबन्धनबाट प्रतिनीधि सभा सदस्यमा माओवादी केन्द्रका मुक्साहाङ मेन्याम्बो प्रदेश सभा क मा नेपाली कांग्रेसबाट उमेश थापा र ख मा एकिकृत समाजवादीबाट रेवतीरवण राईको उम्मेद्वारी परेको छ । राप्रपाले पनि तीनै जना उम्मेद्वार उठाएको छ । प्रतिनीधि सभामा अशोक अविरल राई र प्रदेश सभा  क मा उद्धव श्रेष्ठ र ख मा अनिश ढकाललार्य उम्मेद्वार बनाएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना स्वतन्त्र उम्मेद्वार हुन् भने ९ जना राजनीतिक दलका उम्मेद्वारहरु हुन् ।

 राप्रपाबाट अशोक राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बा, किरात खम्बुवान साझा पार्टीबाट देवीबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन), मंगोल नेशनल अर्गानाइजेशनबाट प्रेमबहादुर श्रेष्ठ, जनमत पार्टीबाट फत्तबहादुर खड्का र जनसमाजवादी पार्टीबाट मंगलसिंह लिम्बुले मनोनयन दर्ता गराउनु भएको छ । 

 यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा तर्कबहादुर मगर, संजयकुमार राई, विजयकुमार राई, मनोजकुमार मेन्याङ्बो, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राईले मनोनयन दर्ता गराउनु भएको छ । 

सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) मा कुल १५ जनाले उम्मेदेवारी मनोनयन दर्ता गराएका छन् । ती मध्ये ७ जना राजनीतिक दलबाट र ८ जना स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ ।

सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा खमा कुल १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । तीमध्ये राजनीतिक दलबाट ६ जना छन् भने ८ जना स्वतन्त्र उम्मेद्वार छन् ।