धरान / धरानस्थित कृषी उपज बजारमा दशैको अवधीमा ४ हजार खशी बोकाको कारोवार भएको छ । 

घटस्थापनादेखि फुलपातिक दिनसम्म ४ हजार खशी बोकाबाट १० करोडको कारोवार भएको कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो ।

उक्त बजारमा प्रत्येक शुक्रबार खशी बोकाको हाट लाग्ने भए पनि दशैको अवधीमा दैनिक खशी बोका खरिद विक्रि हुने गरेका छन् । व्यवस्थापक भट्टराईका अनुसार यो बर्ष खशी बोकाको मुल्य घटेका कारण खरिद विक्रि अत्याधिक भएको थियो । गाउँगाउँमा कृषी फार्महरुले पालेका खशीबोकाहरु आयत भएको उहाँले बताउनु भयो ।  

गत बर्षको दशैमा ७ करोड ५० लाखको कारोवार भएको थियो ।  कोरोना महामारीको कारण गएको दुई बर्ष कम कारोवार भएको र यस बर्ष ह्वातै बढेको व्यवस्थापक भट्टराईले बताउनु भयो । 

कृषी उपज बजारमा जिउदो खशी बोका प्रतिकेजी ६ सयमा विक्रि वितरण हुदैं आएको छ । 

बजारस्थलका अनुसार यहाँ पूर्वी पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर र सुनसरीको ग्रामीण भेगबाट पनि खसी, बोका र बाख्रा बिक्रीको लागि कृषक तथा व्यापारीहरुले ल्याउने गर्छन । यहाँबाट प्रदेश १ र २ को मुख्य सहरहरुमा निर्यात हुने गर्छ । काठमाडौँमा पनि निर्यात हुने गरेको व्यापारीहरु बताएका छन् । 

कृषि उपज बजार भित्र खसी बोका विक्रि वितरणका लागि छुट्टै व्यवस्था गरिएको छ । धरान उपमहानगरपालिकाको सहयोगमा निर्यातको लागि खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी गरिने गरेको छ । खसी, बोका राख्ने खोरको पनि व्यवस्था गरिएको छ ।