धरान / धरान–१५ स्थित बाझकरा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा वेवारिसे शव फेला परेको छ । 

वन क्षेत्रमा थुपारेको फोहोरको थुप्रोमा मासिनको शव फेला परेको हो । बाया हात र आधा शरिर देखिएको पुरुषको शव १०÷१५ दिन अघि फालिएको कुहिने अवस्थामा भेटिएको छ । फोहोरको थुप्रो माथि मानिसको शव फोहोर टिप्नेले देखे पछि वन हेरालुलाई खवर गरेको वन समुहका उपाध्यक्ष कुमार भारतीले  जानकारी दिनु भयो ।

फोहोरसँगे मानिसको शव समेत फालिएको पाइए पछि वन समुहले इलाका प्रहरी कार्यालय धरानलाई खवर गरे पछि उक्त शव भएको स्थानमा प्रहरी पुगेर वेबारिसे भएको बताउदैं त्यसको व्यवस्थापन गर्न उपमहानगरलाई खवर गरेको जानकारी आएको उपाध्यक्ष भारतीले बताउनु भयो । 

भारतीका अनुसार उपमहानगरले केही दिनअघि बेवारिसे शव फोहोरसँगै फोलेको थियो । अन्य शव पनि पुरेको फोहार फ्याक्न आउनेले बताएको उहाँले बताउनु भयो । उपमहानगरले मानिसको शव फोहोरसँगै फ्याकेर गम्भीर लापारवाही गरेको सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ । 

धरान उपमहानगरपालिकाले नकुहिने फोहोर सामुदायिक वन क्षेत्रमा फाल्दैं आएको छ । उक्त फोहोर अन्यत्र व्यवस्थापन गर्न वन कार्यालय र वन समुहले भने पनि उपमहानगरले चासो दिएको छैन् । पछिल्लो समय फोहोरसँगै वेबारिसे मानिसकोशव पनि फालेर वन क्षेत्र दुर्गन्धि बनाएको वन समहुले जनाएको छ ।