धरान / फोटो पत्रकार महासंघ सुनसरीले विजया दशमी, तिहार र छठको अवसरमा धरानमा विहीबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । 

नेपालीहरुले मनाउने विविध चाडको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश सचिव देवेन्द्र कार्कीले शुभकामना दिदैं फोटो पत्रकारितालाई व्यवसायिक बनाउन जोड दिनु भयो । उहाँले दशै तिहारको अवसरमा शुभकामना कार्यंक्रम गरे जस्तै अन्य उभौली, उधौलीलगातका विशेष चाडपर्वमा पनि कार्यक्रम राख्न सूझाव दिनु भयो ।  

पत्रकार महासंघ सुसनरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले शुभकामना दिदैं फोटो पत्रकारहरुको व्यवसायीक हकहितका लागि महासंघले आवाज उठाउनु पर्ने बताउनु भयो । यस्तै अग्रज पत्रकार हर्ष सुब्बाले छापा माध्यममा छापिने एक हजार शब्दले बोल्ने कुरा एउटा फोटोले बोल्ने भएकाले मिडियामा फोटो प्राथमिकतामा पर्ने बताउनु भयो । तर फोटो पत्रकारहरुलाई पारिश्रमिक भने न्यून भएकाले महासंघले यसको लागि पहल गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले पनि शुभकामन दिनु भयो । कार्यक्रममा प्रेस युनियन सुनसरीका कार्यवहाक अध्यक्ष सञ्जिव वाग्ले, प्रेस सेन्टर नेपाल धरानका नगर अध्यक्ष विनोद दर्नाललगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।