धरान / मङ्सिर ४ गते हुनलागेको निर्वाचनमा सुनसरीमा सत्ता गठबन्धन दल र एमालेका ‘ह्यवी वेट’ नेताहरुको प्रतिस्पर्धा हुने भएको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रायः  सबै दलहरुका क्षेत्रीय कमिटीले उम्मेद्वारको नाम छनौट गरि माथिल्लो निकायलाई सिफारिस गरेका छन् । 

सत्ता गठबन्धन नेपाली काङ्ग्रेसबाट सूचना प्रविधी तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्र्की, १२ पट भन्दा बढि मन्त्री भइसकेका विजयकुमार गच्छदार र पूूर्व बाणिज्यमन्त्री मीन विश्वकर्माको एकल नाम क्षेत्रीय कार्य समितिबाट सिफारिस भएको छ । यसैगरी सत्ता गठबन्धनभित्रकै जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक रार्ईको नामसमेत एकल रूपमा क्रमशः सुनसरी क्षेत्र नं. ४ र १ बाट सिफारिस भएको छ । 

सुनसरी १ बाट काङ्ग्रेसका नेता मीन विश्वकर्मा, क्षेत्र नम्बर ३ बाट विजयकुमार गच्छदार र सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारको सिफारिस भएको छ । एमालेको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रदेशका पूर्व पर्यटन तथा वन मन्त्री जगदीशप्रसाद कुसियत क्षेत्र नं. ३ बाट पूर्व वन राज्यमन्त्री भगवती चौधरीको नाम सिफरिस भएको छ । झिलो पतान्तरणले २ वटा निर्वाचन गच्छदारसँग हार्नु भएकी चौधरी फेरी उहाँसँगै प्रतिष्पर्धा हुने भएको छ । स्थानीयमा गतिलो पकड बनाएका कुसियतकाे  कार्कीसँग प्रतिस्पर्धा हुने छ । 

गच्छदारको ललिता निवास प्रकरणको मुद्दा किनारा नलागेकाले उहाँ उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने विषय टुङ्गो भने लागिसकेको छैन । मुद्धा पछि उहाँको साख ओरोलो लागेको बेला चौधरीको यस पटक सम्भावना निकट रहेको स्थानीय बताउछन् । ४ नं. क्षेत्रबाट नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की यो पटक एमालेको जगदिश कुसियतसँग प्रतिस्पर्धा हुने छ । उपेन्द्र यादवको पनि नाम भए पनि उहाँ मोरङबाट चुनाव लड्ने बुझिएको छ ।

एमालेबाट जगदीशप्रसाद कुसियत उम्मेदवारको एकल सफारिसमा परेका छन् । लामो समय सो क्षेत्रमा राजनैतिक पकड जमाएका कुसियत जातीय मतका साथै स्थानीयवासीका रूपमा समेत मजबुत मानिनुहुन्छ । यस पटकको सुनसरी ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने छ । भोजपुरबाट अघिलो निर्वाचन अघि मात्र सुनसरी ४ मा आएर कार्कीले राजनीतिक फिण्ड बनाउनु भएको हो । अघिल्लो निर्वाचनमा एमालेको कमजोर उम्मेद्वारका कारण कार्कीलाई जित सजिलो भएको एमालेले बताएको छ । यस पटक भने कडा प्रतिस्पर्धा हुने बताइएको छ ।  

सुनसरी क्षेत्र नं. २ मा प्रदेश १ का पूर्व मुख्यमन्त्रीतथा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको नाम सिफारिस भएको छ । उहाँसँगै जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, पस्र्व जिल्ला अध्यक्ष खेमराज पोखरेल, रामप्रसाद चौंलागाईं र डम्बर सुवेदी प्रतिनिधिसभा सदस्यतर्फको सिफारिस सूचीमा छन् । आचार्यको २ नं. वाट सम्भावना बलियो रहेको छ । सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालासँगै काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गाना र प्रतिनिधिसभा सांसद् सीताराम मेहताको नाम सिफारिसमा परेको छ । सम्भवत आचार्य र राजिव कोइरालाको प्रतिस्पर्धा हुने सभवना देखिएको छ । 

यता सुनसरी क्षेत्र नं. १ मा एमालेबाट प्रभावशाली नेता जयकुमार राईको एकल नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा जनता समाजबादी पार्टीका बरिष्ठ नेता पूर्व मन्त्री अशोक राईलाई २२ हजार मतानतरणले हराएर सानदार जित हासिल गर्नु भएको थियो । २०७९ सालको निर्वाचनमा पनि दुवै राई विच प्रतिस्पर्धा हुने भएको छ । अशोक राईको पनि एकल नाम सिफारिस भइसकेको छ । एमालेले सामेबार विहान जयकुमार राईको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो । झण्डै ७० हजार मत रहेको सुनसरी १ मा राईले अघिल्लो निर्वाचनमा ४४ हजार भन्दा बढि मत ल्याएर प्रतिनीधी सभामा विजयी हुनु भएको थियो । उहाँ जनतासँग भिजेको इमान्दार नेताको रुपमा आफ्नो निर्वाचन क्षेत्रमा चिनिनु भएको छ । गठबन्धन दलहरुमा किचलो रहेकाले सुनसरी एक एमालेका लागि सुरक्षित मानिन्छ । जसपालाई संघ र प्रदेश क र ख नेपाली कांग्रेस र माओवादी बाढेर सुनसरी १ मा चुनाव लड्ने तयारी रहेको बताइएको छ ।