• युवराज विष्ट

भोजपुर, ७ भदाै‌:   / भोजपुरमा दुई दिन अनलाइन पत्रकारिता शुरु भएको छ । प्रेस चौतारी प्रदेश १ को सहजीकरण तथा प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरको आयोजनामा तालिम शुरु भएको हो । तालिम यहाँका ८ ओटा स्थानीय तहका ४३ जनाको सहभागिता रहेको छ । तालिममा अनलाइन पत्रकारिता सम्वन्धि प्रशिक्षण दिइने प्रेस चौतारी नेपाल भोजपुरका अध्यक्ष मोहन दुरालले जानकारी दिए । तालिमको सहजिकरण प्रेस चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अविजल विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश १ सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल पूर्व संस्थापक उपाध्यक्ष यज्ञ शर्माले गरिरहेका छन् ।  कार्यक्रममा नेकपा एमाले भोजपुरका अध्यक्ष सरण कुमार राई, उपाध्यक्ष मकर खड्का, नेकपा एमाले प्रदेश कमिटि सदस्य गणेश श्रेष्ठ, प्रेम कार्की, युवा संघ नेपाल केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज ज्ञानेन्द्र राई लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।