धरान / विजयपुर खवर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जको सयुक्त आयोजनामा धरानमा प्रदेश स्तरिय तीनदिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।
स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ शुरु भएको तालिमको व्यवथापन सि ई नेपालले गरेको छ ।

झापा मोरङ सुनसरी, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलामलगायतठाउँबाट ४० भन्दा बढि युवायुवतीहरुको सहभागीता रहेको तालिमका संयोजक तथा विजयपुर खवरका सहसम्पादक कुवेर गुरुङले जानकारी दिनुभयो ।
हार्ट एफ एम धरानका अध्यक्ष मेहरमान ह्युज गिरीको अध्यष्क्षतामा शनिवार तालिमको उद्घाटन गरिएको थियो ।

तालिमकोे सहजिकरण नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश बिद्रोही , नयाँ पत्रिका दैनिकका पत्रकार देवेन्द्र कार्की, र महेन्द्र बहुमुखी क्याम्पस धरानका पत्रकारिताका उपप्रध्यापक किशोर थुलुङ्, सि. इ. नेपालका प्रशिक्षक , बिजय कार्की र फुर्वा शेर्पाले गर्नु हुने हार्ट एफ एम का स्टेसन मेनेजर रमेश राइले जानकारी दिनुभयो ।