धरान / धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा यो बर्षे पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको अधिक भीड लागेको छ । सप्तकोशी नदिबाट पानी ल्याएर पिण्डेशवर बाबाधाममा जल चढाउने भक्तजनहरको भीड लागेको छ । दुई बर्ष कोरोनाका कारण प्रत्येक साउन महिनामा लाग्ने यहाँको बोलबम मेला लाग्न सकेको थिएन । तर यस पछि मेला लागे पछि देश विदेशबाट भक्तजनहरुको भीड लागेको पिण्डेशवर बाबाधान व्यवसथापन समितिका अध्यक्ष विकास बनेपालेले जानकारी दिनु भयो ।
मन्दिरका पुजारी विनोद पोखरेलका अनुसार आइतबारको राती ८ बजे नै लाइन लागेका हुन्छन् । राती १० बजे नै मन्दिरको ढोका खोलिने गरिएको छ । सोमबार साँझसम्म भक्तजनहरु जल चढाउन आउने गरेका छन् ।
‘पहिला पहिलाजस्तै साउने सोमबार सयौं दर्शनार्थी बिहानैदेखि आएका छन । अघिक भीड बढेको छ । भीड देखिएको छ ।’–पुजारी पाखरेलले भन्नु भयो । साउन महिनामा धरान बजार गेरुबस्त्रधारीहरुले पहेलपुर हुने गरेको छ । विजयपुरको पाखा र धरानका मुख्य चोकमा यति बेला पहेलाबस्त्रधारीको भीड बढेको छ । धरानको पुरानो बजार क्षेत्रमा साउनका भक्तजनहरुलाई लक्षित गरेर व्यपारीहरुले पहिलो लुगा नै बेच्न राख्ने गरेका छन् । साउन महिना धरान पहेलपुर हुने गरेको छ ।
पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थित बढि हुने गरेको छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गरेको विश्वास गरिन्छ ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्ष पूरा हुने धार्मिक विश्वास रहेको छ । यसपटक वडा कार्यालयले बोलबमको जिम्मा लिएकाले पूजा गरेर फर्किनेहरुको लागी अगल बाटो बनाइएको छ । यस्तै, मन्दिर अगाडी माग्ने बस्नेहरुलाई मन्दिरको पछाडी पट्टी व्यवस्थापन गरेको छ ।
भक्तजनहरुलाई सहजताका लागि प्रहरी परिचालन, शौचालय र ट्राफिक व्यवस्थापनलाई ध्यान पु¥यएकोे वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनु भएको । मन्दिरमा जल चढाउन सहज बनाइएको उहाँले बताउनु भयो । साउनको चौथो सोमबार अन्य सोमबार भन्दा बढि भक्तजन आएको बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । यस बर्ष साउनमा ५ वटा सोमबार परेको छ । ३० गतेसम्म यहाँ भक्तजनहरुको भीड लाग्ने छ । विगतमा भक्तजनहरु साउनको सोमबार मात्र बढि आउने गरेका थिए । तर यो बर्ष साउनको सबै बार भक्तजनहरुको घोइचो लागेको बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष बनेपालीले जानकारी दिनु भयो । ‘अन्य बर्ष सोमबार मात्र बढि भक्तजन ओरिन्थ्ये । तर यो बर्ष सबै बार आइरहेका छन् । सोमबार अलि बढी भीड छ । यो बर्ष साउनमा पाँच लाख भन्दा बढी भक्तजनहरुले दर्शन गर्ने अनुमान छ ।’–बनेपालीले भन्नु भयो ।
कोकाह नदिको जल पिण्डेश्वर बाबालाई
सुनसरीको बराहक्षेृत्रस्थित कोकाह नदिबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिबलिङगमा चढाउने गरेका छन् । यसरी चढाउनदा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहि आएको छ । टाडा टाडाबाट आएका भक्तजनहरु शुरुमा आइतबार कोकाहा नदिमा पुग्छन् । कोकाहा नदिमा नुहाएर त्यहाँबाट जल बेलुका लिएर पिण्डेश्वर बाबाधाम पुग्छन् । रातभरी जाग्राम बसेर विहान जल चढाएर घर फर्कछन् । भक्तजनहरु प्रायः गेरुव्रस्त्र धारण गरेका हुन्छन् । कतिपय भक्तजनहरु शिवजी रुप धारण गरेर आउने गरेका छन् । मनोकाक्षा पुरा गर्न टाडा टाडाबाट खाली खुट्टा भक्तजनहरु आउने गरेका छन् । कतिपय त सुतेर धर्तीलाई साष्टाङ डण्दवत गदैं बाबाधामसम्म पुग्छन् ।
पिण्डेश्वरमा जल चढाउन सुरुवात
भारत बिहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै ०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो । अहिले नेपालमा मुख्य शिवालयमा बोलबम मेला लाग्ने गरिए पनि सर्वप्रथम पिण्डेश्वरबाट बोलबम मेलाको सुरुवात गरिएको थियो ।
साउन शिवजीको प्रिय महिना भएकाले यो महिनाभरि शिवालयहरुमा शिवभक्तहरुको घुइँचो लाग्ने गर्दछ । सोमबार शिवको बार भएकाले पनि साउनको सोमबार शिवालयमा मेला लाग्ने गरेको हो । यस्तो मेला धरानलगायत श्रीपशुतिनाथ काठमाडौं, हलेसी महादेव खोटाङ, मधुगंगा सिन्धुली र चितवनको देवघाटमा लाग्ने गर्दछ । तर पिण्डेश्वरमो विशेष मेला लाग्ने गरेको छ ।
चतरादेखि जल ल्याई नांगो खुट्टाले हिँडेर गई पिण्डेश्वरमा जल चढाउने नै बोलबमको विशेषता र मौलिकता हो । तर, हिँड्न नसक्ने भक्तजनले भने यातायात साधनमा आई बोलबममा सहभागिता जनाउँछन् । चतरा कौशिकीमा स्नान गर्दा शरीर शुद्ध हुने धार्मिक विश्वास छ । त्यस्तै पैदल हिँडेर आई बाटोभरि गाइने बोलबम भजनले मनको शुद्धि हुने विश्वास गरिएको छ । मन, शरीर र आत्माशुद्धि गरेर जल चढाउँदा पिण्डेश्वर बाबा प्रसन्न भई वरदान दिनुहुन्छ भन्ने धार्मिक विश्वास छ ।
शिवलिंगमा जल चढाउने चलन बारे हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार देवताहरूको पालामा देवता र दानव मिलेर समुद्र मथन गर्दा पिण्डेश्वर बाबाधाममा जल चढाएको किम्बदन्ती छ । यसै अनुरूप आफ्नो मनोकांक्षा पूरा गर्ने धार्मिक विश्वासका साथ पिण्डेश्वरबाबा धाममा जल चढाउने गरिँदै आएको हो, भनिन्छ । महादेवले कालकुट विष पिउँदा अत्यन्तै जलन भएकाले त्यस जलन कम पार्न देवताहरूले चतराको कौशिकी नदीबाट जल ल्याई चढाएका हन्, भनिन्छ । त्यसैको स्मरणस्वरूप बोलबम तीर्थालुहरूले जल चढाउनेसँग सम्बन्धित रही आएको छ, भनिन्छ । १५ बर्ष अघिदेखि पिण्डश्वरमा भक्तजनहरु अधिक आउने गरेका छन् । यस अघि भने भारतको बैधनाथ जल चढाउन जाने गरेका थिए । जल चढाउने पवित्र स्थल पिण्डेश्वर बाबाधाम भएको प्रचार बढे पछि भारत जाने तीर्थ यात्रीहरु सबै धरान आउने गरेको बाबाधाम व्यवस्थापन समितिले जनाएको छ ।
पिण्डेश्वर बाबाधामको महिमा
मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धाम यो ऐतिहासिक र धार्मिक विशेषता बोकेको क्षेत्र हो । यहाँ प्रत्येक वर्ष करिव ८ लाख हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउँने गरेका छन् । साउन महिनामा ५÷६ लाख भक्तजनहरु जल चढाउन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाई छानेर अमृत निकाली सकेपछि बाँकी रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाई यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ । संसारको जुनकुनै कुनामा यदि रुद्राक्षको माला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्डेश्वर बाबा धाममा ल्याई विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
यहाँ तिर्थालुहरु, सु स्वास्थ, दिर्घायू, सन्तान प्राप्ती, कर्मफल प्राप्तीलगायत रोजगार,व्यापारमा सफलताको मनोकामना पुरा हुने विश्वासका साथ पश्चिम नेपालदेखि भारतका विभिन्न ठाउँहबाट आउने गरेको स्थानीय मणीसुन्दर दाहानल ेबताउनु भयो । बिगतमा यस भेगमा बारम्बर र चितम्बर नाम गरेका दुई चमत्कारी बाबाहरु बस्नेगरेको यहाँका जानकारहरु बताउछन् । उनीहरु शिव भक्त, गुरु शिश्य भएको तथा पिण्डेश्वर परिसरमा बस्ने र यहि पुजा गर्ने गरेका कारण उनीहरुको मृत्यु पश्यात, मन्दिर परिसर भित्रनै अन्त्यष्ठी गरी शिव लिङ्ग स्थापना गरि उनीहरुको समाधि निमार्ण गरेको भन्ने भनाई रहेको छ ।
यस मन्दिरमा मध्यकाली कला कैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको बताइन्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिरहरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोषी माताको पनि मन्दिर रहेको छ । यहाँको सरस्वती कुण्ड धार्मिक पर्यटकहरुका लागि आकर्षको केन्द्र बनेको छ ।
पिण्डेश्वरमा कात्तिक मेलामा वराहक्षेत्र आउने साधुसन्तका लागि हन्डीको व्ययावस्था गरिएको हुदा यसको सम्बन्ध वराहक्षेत्रसँग पनि रहेको मानिन्छ । प्रत्येक १२ वर्षमा चतरामा लाग्ने महा कुम्भ मेलाको घडाको स्थापना यसै मन्दिरमा थापिएकोले र पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड ज्योती निभेसको आगो निभ्दा रामधुनीबाट आगो ल्याएर वाल्नुपर्ने र रामधुनीको आगो मर्दा याहाँबाट लगेर सल्काउनु पर्ने प्रचलन रहेकोले पिण्डेश्वर बाबा धामको सम्बन्ध यी मन्दिरहरुसँग पनि रहेको छ ।
यस धाममा बाला चर्तुदशी, शिवरात्री र तीजमा विशेष मेला लाग्ने गर्दछ । कोशी र कोकाहाको तटको यो हरि हर क्षेत्र पुर्वको एक महत्वपुर्ण क्षेत्र हो । यसको संरक्षण र प्रर्वधन गर्नु यहाँको स्थानीय सरकारको दायित्व हो करिव २ घण्टाको दुरिमा रहेका यि धार्मिक स्थलको उचित संरक्षण गरेर यस क्षेत्रमा धार्मिक पर्यटकहरुको बढि आवजजावत गराउन सकिने पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष बनेपाली बताउनु हुन्छ ।
पिण्डेश्वरको आरती
पछिल्लो समय भारतको काजी र काडमाडौंको पशुपति मन्दिरमा आरती गर्न जाने भक्तजनहरु पिण्डेशवर मन्दिरमा आउने गरेका छन् । श्रावण महिनामा विगत ६ वर्षदेखि पिण्डेश्वरको अग्रभागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न थालिए पछि भक्तजनहरको भीड बढेको हो । बटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवान्को गुणगान गाउँदै आरती गर्ने गरिएको छ । यो आरतीमा सरिक हुँदा पुण्य लाभ हुने विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।
स्थानीय विष्णु बरालका अनुसार आरती शब्द संस्कृतको आ उपसर्ग पूर्वक रम् धातुबाट क्तित (ति) प्रत्यय जोडिएर निर्माण भएको पाइन्छ । यसको अर्थ सम्पूर्ण रूपले प्रेम वा भक्ति प्रकट गर्नु भन्ने हुन्छ । अर्को व्युत्पत्तिअनुसार आरती शब्द संस्कृतमा ‘आात्र्ति’ को प्राकृत रूप हो । जसको अर्थ रोग, पीडा वा दुःख भन्ने बुझिन्छ । आरती बाल्नु भनेको आत्र्ति निवारण वा भगवानको कृपाले पीडा, रोग र दुःख निवारण गर्नु भन्ने बुझिन्छ ।
इष्ट देवतालाई प्रसन्न बनाउन पूजा गरेपछि अन्त्यमा आरती गर्ने गरिएको छ । यसमा भगवानलाई आरती देखाएर गुणगान पनि गाइन्छ । बातीको उज्ज्वलता देखाएर भगवानलाई आलोकित गर्न सकियोस् र उनको सौन्दर्य हेर्न सकौँ भन्ने अभिप्राय पनि आरती गर्नु हो ।
भारतको हरिद्वारमा सन् १९१० मा गङ्गारतिको सुरुआत भएको पाइन्छ । पण्डित मदन मोहन मालभियले गङ्गा नदीको किनारमा आरती सुरु गरेपछि हरकीपौडी घाट नामकरण गरेको पनि पाइन्छ । साँझमा करिब ३ हजार देखि ३० हजारसम्म भक्तजनहरूले दर्शन गर्ने यस आरतीको व्यवस्थापन स्थानीय सरकारको सहयोगमा स्थापित गङ्गा सभाले गर्ने गरेको छ । नेपालमा २०६४ साल श्रावण २१ गते सोमवारदेखि काठमाण्डौंको पशुपतिनाथमा बाग्मतीको किनारमा आरती हुन थालेको पाइन्छ । डा. रमेश पोखरेल, धर्मदास बुढाथोकी, सागर खतिवडा, वासुदेव कृष्ण शास्त्रीको आदिको समूहबाट बाग्मती किनारको आरतीको प्रारम्भ भएको बताइएको छ । त्यसैगरी जनकपुरधाम र नवलपरासीको शाश्वतधाममा पनि आरती हुने गरेको छ । प्राचीन हरिद्वार धाम (चतरा) को कोसी नदीको तटमा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको सान्निध्यमा प्रत्येक दिन आरती हुने गरेको छ ।
२०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको हो । पहिलो वर्ष भारतको काशीबाट आरती गर्ने पण्डितहरू झिकाइएको थियो । हाल धरान १४ नं. वडा कार्यालयको संयोजन र पिण्डेश्वर बाबाधाम समितिको सहसंयोजकमायहाँ महाआरती हुदैं आएको छ । आइतबारदेखि यहाँ साउन महिनाभरी आरती हुने बडाध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।