धरान / धरानको विजयपुरस्थित पिण्डेश्वर बाबाधाममा जल चढाउन आएका भक्तजनमाथि साँघातिक आक्रमण गरि लुटपाट भएको छ । 

आइतबार दिउसो चतराबाट जल लिएर राती धरान आएका ४ जनालाई विजयपुरस्थित झोलुङ्गे पुलमा लुटेराको समुहले लुटपाट गरेको प्रहरीले जनाएको छ । 

राती १ः३० बजेको समयमा उनीहरु घुम्दैं पुलमा पुगेका थिए । पुलको विचमा ठ÷८ जनाको समुहअले दुवै तर्फबाट नियन्त्रणमा लिएर कुटपिट गर्नुको सार्थ खुकुरी देखाएर नगद तथा मोवाइल लुटपाट गरेका हुन । 

रामधुनी–८ डुम्राहकी गिता चौधरीको नगद ७ हजार, ४० हजार र १० हजारको दुई वटा मोवाइल, रामधुनी–शिवनगर कामत टोलका निखिल चौधरीको नगद २ हजार  र १५ हजारको मोबाइल, इटहरी – टिकुलिया टोलका  अमिर चौधरीको नगद १ हजार पाँच सय र २१ ह्जार मुल्यको मोवाइल लुटपाट गरेको पीडितले जानकारी दिएका छन् ।  उनीहरु चर जनाको समुहमा पुल पुगेका थिए । 

 त्यसैगरी धरान–१४ स्थित विजयपुर चौक टावर छेउमा राति ११ बजे मोरङ सुनवर्सी –७ बरडाङगाका किरणकुमार सिंह गनगाइको रेडमी नोट ३० हजार मुल्य  बराबरको र सोहि स्थान बस्ने चन्दनकुमार सिंह गनगाइको २४ हजार बराबरको मुल्यको भिभो मोवाइल लुटपाट भएको छ । सोमबार विहान इलाका प्रहरी कार्यालय धरानमा पीडितहरुले उजुरी गरेका छन् । 

उजुरी लगत्तै प्रहरीले लुटेराको खोजी सुरु गरेको थियो । लुटिएको एक मोवाइलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिनु भएको छ । अन्य लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । लुटपाटको घट्ना भए पछि विजयपुर क्षेत्रमा थप सुरक्षा बढाइएको उहाँले बताउनु भएको छ ।