धरान  / धरान १५ स्थित होलिल्याण्ड स्कुलले प्रदेश १ स्तरिय अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको उपाधी जितेको छ । 

     शुक्रवार भएको फाइनल खेलमा होलिल्याण्ड स्कुलले चिल्ड्रेन एकेडेमीलाई ४४–३३ अंकको अन्तरले पराजित गर्दै रनिङ्ग कप उपाधि हात पारेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले अग्रता वनाउदै उपाधि माथि कव्जा जमाउन सफल भएको छ । 

     खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले १३–६, ८–७, १२–११ र ११–९ अंकको अन्तर वनाएको थियो । खेलमा होलिल्याण्डका युडी लिम्वुले व्यक्तिगत १५ अंक जोड्नु भयो । चिल्ड्रेनका पारुहाङ्ग लिम्वुले २० अंक जोड्नु भएको थियो । 

      होलिल्याण्ड स्कुलले उपाधिसंगै नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । त्यस्तै गरि उपविजेता चिल्ड्रेन एकेडेमीले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्वु, विद्यालय शैक्षिक गुठी कार्यसमिति कार्यवाहक अध्यक्ष भीमवहादुर लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गनुृ भएको थियो । 

      प्रतियोगिताको उत्कृष्ट खेलाडी, मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्डका युडी लिम्वु घोषित हुनु भयो ।  प्रतियोगिताभरिका हाइ स्कोररको उपाधि होलिल्याण्ड कै इङवाहाङ लिम्वु घोषित हुनु भयो ।  उहाँले प्रतियोगिताभरि चार खेलवाट व्यक्तिगत ७७ अंक जोड्नु भएको थियो । 

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा श्रावण १५ गते देखि प्रतियोगिता सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका पूपुर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मान तथा स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो ।   फाइनल खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ न प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री विष्णु तुम्वाम्फेले गर्नु भएको थियो ।