धरान  / नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिनु भएको छ । 

केही दिन अघिदेखि मेयर साम्पाङले उहाँको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ बाट सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि मञ्जु भण्डारीको विरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोष्ट गरे पछि उहाँले साइवर अपराध अन्तगृत कारवाहीका लागि उजुरी दिनु भएको हो । 

नेकपा एमाले र आफु विरुद्ध मेयर साम्पाङ नै लागे पछि उजुरी गर्न बाध्य भएका विहबिार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिनु भएको छ ।  

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उहाँले बताउनु भएको छ । केही दिन अघि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि भण्डारीले फेसबेक मार्फत नै मेयरलाई सचेत गराउनु भएको थियो । तर विहीबार विहानै मेयर साम्पाङले भण्डारीको नाममा बनेको फेक स्टाटसलाई शेयर गर्नु भएको थियो । उक्त स्टाटस फेक भएको सामाजिक सञ्जालमा आए पनि मेयर साम्पाङले त्यो स्क्रिनसट हटाउनु भएको छैन् ।  

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी दिन ुभएको छ ।  ‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक स्टाटस बनाएर स्क्रिनसट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’–भण्डारीले भन्नु भयो–‘यस्तो गलत काम मेयरबाट जनताले आशा गरेका थिएनन् । उहाँ मेरो चरित्र हत्या गर्न लागेको देखियो ।’  उहाँले जातीय सद्भाव भड्काउने काम गरेकाे उहाँकाे भनाई छ ।

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको बताउनु भएको छ । 

यसरी सुरु भएको थियो द्वन्द्वका घटना 

गत आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए । त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका थिए। उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मञ्जु भण्डारीको प्रचार गरेको तस्बिर खोजेर पोष्ट गर्नु भयो । यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो । बराह सहकारी पीडितलाई उहाँले राजनीतिक रंग दिएर एमालेले आन्दोलन गर्न लगाएको भन्ने आसयका अभिव्यक्ति दिनु भएको थियो ।  यस पछि सामाजिक सद्भाव भड्काउने किसिमका स्टाटस् कमेन्टहरु उहाँका समर्थकहरुले गर्नु भएको थियो । 

के थियो पोष्टमा 

साम्पाङको आधिकारिक फेसबुक मा  निवर्तमान उपमेयरले सामाजिक एकता भत्काउन खोजेको भन्दै  एक पोस्ट गनुृ भएको थियो । उक्त पोस्टमा ुधन्यवाद मञ्जु मेडम । तर तपाइँको यो अभिव्यक्तिले राई लिम्बु, क्षेत्री बाहुन, भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाइँले सोचे जस्तो कमजोर छैन। भनेर लेखिएको छ भने उक्त पोस्टसँगै भण्डारीको नाम र फोटोको प्रयोग भएको फेसबुक पोस्ट जस्तो देखिने एक स्क्रिन सट समावेश गरिएको छ ।  

उक्त स्क्रिन सटमा  नगर प्रमुख साम्पाङ विरुद्ध पार्टीका खास गरी राई र लिम्बु जातिलाई भड्काउने गरी ‘हर्केका अरिङ्गलहरुले धरानको सम्पुर्ण एमालेलाइ चौतर्फी हमला गरिरहँदा नेकपा एमालेमा आवद्ध बिशेष गरी राई लिम्बु कमरेडहरु किन चुप चाप बस्नु भएको हो ?’ भनेर प्रश्न गरिएको छ । भने  ‘ज्यानको बाजी लगाएर मैदानमा उत्रन’ अनुरोध गरिएको र ‘यस्तै हो भने आगामी दिनमा हाम्रो पार्टी एमालेले धरानको कुनै समितिमा राई लिम्बु हरुलाइ कुनै स्थान नदिने कुरा अग्रिम रुपमा बताउदैछु ।’ भन्दै भड्काउ पूर्ण भाषाको प्रयोग भएको स्टाटस राखिएको थियो । उक्त स्टाटस् कुनै फेक आइडीबाट पोष्ट पनि गरिएको होइन फोटोसफ प्रयोग गरे बनाइएको बताइएको छ । यह िविषयलाई लिएर भण्डारीले कानुनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाउनु भएको हो 

धरानको सामाजिक सद्भाव खलल पुग्ने गरि जातिय द्वन्द्व निम्त्याउने किसिमको विषयबस्तु राखि सामाजिक सञ्जाल फेसबुकमा फेक आइडि जेनेरेट गरि जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्ति सहितको फोटो सामग्री उत्पादन गरि स्वयं नगर प्रमुख राईले पोस्ट गरेको विषय प्रती गम्भीर ध्यानाकर्षण भएको एमाले नेतृ भण्डारीले विहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

केही समय अघि देखि आफ्ना बारेमा सामाजिक सञ्जालको प्रयोग गरि बराह सहकारी संघर्ष समितीको संयोजकसँग जोडेर नगर प्रमुख राईले वास्तविक पीडितहरुको आन्दोलन लाई राजनितिकरण गरि डाईभर्ट गर्न खोजिएको उहाँले बताउनु भएको छ । ‘संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र उहाँकै धर्मपत्नी एवं धरान उपमहानगर पालिका, वडा नम्बर १५ कि वडा सदस्य रचना नेपालीका विरुद्ध जातिय छुवाछूत र विभेद हुनेगरी सामाजिक संजालमा गालिगलौज गरिएको घटनाले मलाई र सिङ्गो धरान लाई गम्भीर बनाएको छ ।’–भण्डारीले विज्ञप्ती जारी गरि भन्नु भएको छ ।’ धरान सबै जातजाती, भाषाभाषी र धर्म मान्ने व्यक्तिहरुको साझा फुलवारी भइको बताउँदै आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न दशकौदेखिको धरानको सामाजिक सद्भाव नभड्काउन उहाँले सबैसँग आग्रह पनि गर्नु भएको छ । 

पत्रकारले पनि साइबर व्युरोमा दिए उजुरी 

मेयरको पोष्ट गरेको स्क्रिन सट भाइरल भइरहँदा त्यसको केही समयपछि  इटहरीका कवि जीवी गजल, टेलिभिजन  पत्रकार मिलन बिछोड(बुडाथोकी)सहित भण्डारीको फेसबुक ग्रुप च्याट भएको भन्दै अर्को स्क्रिन सट भाइरल बनेको थियो । भण्डारीले जातीय सद्भाव विरुद्धको  केहि लेखेकी जस्तो देखिन्छ भने जीवी गजल र मिलन विछोडले पनि केही लेखेको  देखिने गरी सम्बाद सार्वजनिक गरिएको थियो । उक्त सम्वाद पनि जनजातीहरुलाई लक्षित गरि बनाइएको पाइएको छ । 

उक्त फेसबुक ग्रुप संवादको स्क्रिन सटलाई लिएर पत्रकार मिलन बिछोडले भोटाहिटी स्थित साइबर ब्युरोमा जातीय सद्भाव बिगार्ने कुरा  उल्लेख गरी आफ्नो नाम र तस्बिर प्रयोग गरेर  बिना अनुमति सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै छानबिन गरी दोषी पत्ता लगाउन र कारबाहीको माग गर्दै निवेदन दिनु भएको छ । उहाँले कृष्णकला राईको नाम किटान गरि उजुरी दिनु भएको हो । पहिलो पटक उक्त स्क्रिनसट राईले शेयर गरेको बताइएको छ । 

alt