धरान / बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।  उहाँलाई बुधबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बास्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड र आफु विरुद्ध नारावाजी गरेको आरोपमा प्रहरीमा जाहेरी सोमबार जाहेरी दिनु भएको थियो ।

प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाए पछि उनीहरुको खोजी सुरु गरेको थियो । बाँस्तोलालाई धरानबाटै प्हरीले पक्राउ गरेको हो । संयोजक नेपालीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पतिमा हानी नोक्सानी पु¥याएको भनेर जाहेरी दिनु भएको छ । 

गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरुको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरुलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरु आक्रोशित भएका थिए । मेयर साम्पाङकै कारण आक्रोशति भीडले मेयर साम्पाङ विरुद्ध नाराबाजी, गालीगलौजसँगै उहाँनको कार्यकक्षको शिशा तोडफोड भएको थियो । आन्दोलनमा सयौं व्यक्तिहरुको सहभागिता रहेको थियो ।  बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकित्सक, गृहणी, भूपू शैनिक, पत्रकार, कर्मचारीलगायत पीडित छन् । १५ हजारदेखि ३ करोडसम्म बचेत गरेको पैसा पीडितहरुले लिन पाएका छैनन् । 

बराह ऋण तथा बजत सहकारीले बचतकर्ताहरुले राखेको करिव ८ अर्व रकम फिर्ता गर्न नसके पछि पीडितहरुले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ शेयर सदस्यको रुपमा हिसाव देखाएको छ । पीडित मध्यकै ८ हजार ७०० भन्दा बढिलाई भने शेयर सदस्यमा समेत राखेको छन् । नियमत सहकारीहरुले शेयर सदस्यहरुसँग मात्र कारवोवार गर्न पाउछन् । तर बराहले नियतबस उनीहरुलाई शेयर सदस्य नै नबनाई कारोवार गरेको देखिन्छ ।  बराह ग्रपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा  व्यवसाय गर्दै आएको छ ।  पछिल्लो समय  बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरे पछि बचतकर्ताको रकम बराहले फिर्ता गर्न सकेको  छैन् ।