इटहरी / सुनसरीमा जारी स्वःमदन भण्डारी स्मृति इटहरी गोल्डकपको प्रतियोगिताको उपाधी थ्रिस्टार क्लब काठमाण्डौले हात पारेको छ । शक्तिशाली टिम मनाङ मस्याङ्र्दी क्लब काठमाण्डौलाई १–० अनर्तरले हराउदै उपाधी हात पारेको हो । यो सँगै थ्रिस्टारले १२ लाख नगद सहित २.५ तोला सुन र ८० तोला चाँदिबाट निर्मित ट्रफि हात पारेको छ ।

राष्ट्रिय खेलाडीले भरीभराउ मनाङ र थ्रिस्टार बिच शनिवार भएको फाईनल खेल रोचक वनेको थियो । खेलको पहिलो हाफको ३६ औ मिनेटमा थ्रिस्टारका स्टाईगर बुद्ध चेम्जोङको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । चेम्जोङको प्रहार नै उपाधीका लागि निर्णयका बन्यो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए ।
यो सिजनको मध्यतिर थ्रिस्टारको पुनरागमन भएको छ । खप्तड गोल्डकपमा क्वाटरबाटै पराजय भोगेर फर्किएको थ्रिस्टारले इटहरी गोल्डकपमा लय समातेको छ । जहाँ दुई हस्ती विभागीय टिम एपिएफ र त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको थियो । फाईलनमा मनाङलाई हराएको छ ।
यो सिजनमा मनाङले ‘दुहवी गोल्डकप, नारायणघाटको जेसिज गोल्डकप’ उचाल्यो । तर इटहरीमा भएको सर्वाधिक राशीको मदन भण्डारी इटहरी गोल्डकपमा भने उपविजेतामा चित्त बुझाउँनु परेको छ । गत बर्ष मनाङले सर्वाधिक चर्चाको खप्तड र आहा(रारासहित चारवटा गोल्डकप उचालेको थियो ।
मनाङले गत सिजनमा सर्वाधिक चर्चाको खप्तड र आहा–रारासहित चारवटा गोल्डकप उचालेको थियो । तर, डेढवर्ष अघिको स्थिति फरक थियो । यी दुई टोलीबीच ‘राष्ट्रिय लिग’ मा भेट भएको थियो । जहाँ थ्रिस्टारले ३–१ ले बाजी मारेको थियो । यो नै थ्रिस्टार र मनाङ बीचको अन्तिम भेट थियो ।
शनिवार भएको फाईनल खेलको म्यान अफ द म्याच थ्रिस्टारका बुद्ध चेम्जोङ घोषित भए । प्रतियोगिताका सर्वेकृष्ट खेलाडी थ्रिस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगद सहित ४२ इन्चको टिभि प्राप्त गरे । वेष्ट गोलकिपरम थ्रिस्टारका एलिन न्यौपाने घोषित भए । उनले नगद २० हजार पाए । वेष्ट डिफेण्डमा मनाङका विराज मर्हजन घोषित भए । उनले नगद २० हजार पाए । वेष्ट मिडफिल्डरमा मनाङका हेमन गुरुङ भए । उनले पनि नगद २० हजार पाए । वेष्ट फरर्वडमा थ्रिस्टारका माटेन घोषित भए । उनले नगद २० हजार पाए । हाईस्कोरको उपाधीमा भने सुजन श्रेष्ठ र माटेनले खेल अवधीभर वरावरी गोल गरे पछि १५÷१५ हजार नगद पाए । वेष्ट कोचमा थ्रिस्टारका मेघराज केशी घोषित भए । उनले नगद २० हजार पाए । विजेता तथा उपविजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले पुरस्कार वितरण गरेका थिए ।