धरान/खेलकुदको सहर धरानमा अर्को पनि बहुउद्देश्य कभर्ड हल निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६५ प्रतिशतको सहयोगमा धरान–५ याक्थुम चोकमा बहुउद्देश्य कभर्ड हल निर्माण हुने भएको हो । राखेप सदस्य सचिव केशवकुमार विष्टले कभर्ड हलको शुक्रबार सिलान्यास गरे हुन । भवन एकवर्ष भित्र सम्पन्न हुने बताईएकाे छ ।

८० फुट लम्बाई र ६० फुट चौडाईको कर्भड हलमा ‘इनडोर’ खेलहरु खेल्न सकिने करातेका प्रशिक्षक मुकेश शाक्यले बताए । ८६ लाख रुपैयाको लागतमा निर्मित भवनको लागि राखेपले ५० लाख रुपैया दिने सदस्य सचिव विष्टले घोषणा गरे । उनले राष्ट्रिय झण्डा फहराउँदै भवनको शिलान्यास गरेका थिए ।

अन्य खर्च स्थानीय स्तरबाट संकलन गर्ने तयारी भएको छ । करिव ४ कठ्ठा जग्गामा निर्माण हुन लागेको भवनको लागि देउराली डोजोले रकम संकलनको लागि मध्यस्तकर्ता गर्ने छ । राखेप अन्तर्गत निर्माण गर्न लागिएको यो भवन अर्धसरकारी हुने  धरान–५ का वडा अध्यक्ष सन्तोष लिम्बूले बताए । 

धरानमा निजीस्तरबाट धरान–१३ मा अमर सेवा समाजले बहुउद्देश्य भवन निर्माण गरेको छ । सरकारी स्तरमा धरान–९ र धरान–१६ क्षेत्रीय रंगशालामा कर्भड हल रहेको छ ।