फत्तेपुर  / सप्तरीको सप्तकोशी नगरपालिकामा विभिन्न ४ राजनीतिक दलले लगाएको ताला नगरपालिकाल् तोडेपछि आइतबार झडप भएको छ । झडपका क्रममा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेका थिए । आइतबार पुन ताला लगाउन पुगेको टोलीलाई प्रहरीले रोके पछि नगरपालिका नै तोडफोड गरेका थिए । 

झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते हुुनु भएको छ ।  घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्भावित झडप रोक्न नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आर्थिक वर्ष २०७८र७९ का नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले गत माघ २४ गते नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरुले बिहीबार तालाबन्दी गरेका थिए ।

नगरपालिकाका मेयर उतम गौतमले प्रशासन लगाएर तालाबन्दी गर्न अवरोध गरेकाले घट्ना भएको माओवादी केन्द्रका नेता धुर्व कार्कीले बताउनु भयो । यता मेयर गौतमले भने ४ दलका प्रतिनिधिहरुलाई वार्तामा बोलाउन नआएको बताउदै आउनु भएको छ ।

याे पनि पढ्नु हाेस्