फत्तेपुर  /  सप्तरीको सप्तकोसी नगरपालिका मा चार दलिय गठबन्धन ले बिहिवार गरेको तालाबन्दी नगरपालिकाले शुक्रबार खुलाएकाे छ ।  

आन्दोलनरत पक्षलाई पटकपटक बार्तामा बोलाउदा न आएपछि प्रशासनको रोबहरमा  जनप्रतिनिधि र कर्मचारी भएर ताला खोलिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी ले बताउनु भयाे  । चौधरीका अनुसार आन्दोलनरत पक्षले विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाएता पनि सूचना लिन कोहि न आएको र एक्कासि तालाबन्दी गरिएको बताउनुु भयाे । नगरपालिका मागेको सुचना जुनसुकै  बेला उपलब्ध गराउन तयार रहेकोसमेत उहाँले बताउनु भयाे । 

 नगर प्रमुख उत्तम कुमार शर्माले  तालाबन्दी गर्नु अगाडि नै आन्दोलनरत दललाई बार्ताको माध्यमबाट निकास निकालौ प्रतिनिधि आउनु भनेर भन्दा भन्दै तालाबन्दी गरिएकाे बताउनुु भयाे । नगरमा भए गरेका कामकाे सूचना उपलब्ध गराउन तयार रहेको र  कार्यपालिकाको बैठकबाटै निर्णय गरिसकिएकोले सुचना उपलब्ध गराउने गरि ताला खोलिएको बताउनु भयाे ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका थिए।

महालेखा नियन्त्रण कार्यलयबाट सप्तकोसी नगरपालिकाको बेरुजु को विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण गराइ नगरकार्यपालिका र नगर सभाबाट पारित गरि कानुनी कार्बाहि सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनु पर्ने, राष्ट्रिय माबि फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापन्को विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे माग  सहित चार राजनीतिक दलले तालाबन्दी गरेका थिए ।