धरान  / धरान–१३ को कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित हुनु भएको छ ।  कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा कटुवाल दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

त्यसै गरी सदस्यहरूमा भक्ति कुमार राई (विनोद), रमेशकुमार साह कृर्षक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित हुनु भएको छ ।  सम्बन्धित वडाका वडाध्यक्ष पदन सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य हुनु भएको छ । 

सुनसरी जिल्ला भरीका ३७ जना विभिन्न कृषक समूहबाट प्रतिनिधित्व गर्ने मध्येबाट ३ जना कृर्षक निर्वाचित भएका हुन् । कृर्षक समूहबाट सदस्यमा निर्वाचित हुनेहरू बिच मतदान भएको थियो ।

निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ भने समितिले कृषि बजारलाई चुस्त दुरुस्त सञ्चालन गर्ने, कृषक मैत्री बजार बनाउने र बजारको सेवा व्यवस्थापन गर्नेछ ।

नेपालमा काठमाडौंको कालीमाटी, बल्खु, नारायणघाट, बुटवल, विर्तामोडलगायत स्थानमा यस्ता ११ वटा कृषी उपजबजार रहेका छन् । नेपाल कै उत्कृष्ट बजारको रुपमा धरान कृषी उपजबजार चिनिदैं आएको छ । कृषी मन्त्रालयबाट पुरस्कृतसमेत हुँदैं आएको छ ।