धरान / बेलका नगरपालिकालाई माछामा आतमनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यवसायिक माछापालन शुरु गरिएको छ ।
बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यवसायीक माछा पालन शुरु गरिएको हो ।
कोशी नदिको किनारमा खाली रहेको १४६ विगाहा जमिन नगरपालिकासँग लिजमा लिएर गत बैशाखदेखि माछा पालन शुरु गरिएको संस्थाका अध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापति अशोक कार्कीले जानकारी दिनु भयो ।
हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा हालिएको अध्यक्ष कार्कीले बताउनु भयो । २ केजीसम्मका माछा भइसकेको र विक्रि पनि शुरु गरिएको छ । प्रदेश सरकारको ४५ लाख र सहकारीको ५५ लाख लगानीमा उक्त फर्म शुरु गरिएको हो । उदयपुरमा माछा जोनको कार्यक्रम परे पछि यस अघिदेखि व्यवसायीक माछा पालन गदैं आउनु भएको कार्कीको सकृयतामा बेलका नगरमा माछा फर्म खोलिएको सहकारी संस्थाका सदस्य सरद कोइरालाले बताउनु भयो ।

IMG20211120063706
कृषी पर्यटनको केन्द्र बनाइने
बेलका नगरको सदरमुकाम रामपुरबाट करिव ४ किमी दक्षिण पूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषी पर्यटकीय गन्तव्य बनाउने गरि काम थालिएको छ । निकट भविष्यमा ७ सय विगाहामा ५० वटा पोखरी बनाउने तयारी थालिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, बोर्टिङको व्यवस्था गर्ने गरि डिपिआर गर्ने तयारी गरिएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।
‘कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउँन हामी लागेका छौं । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ ।’–अध्यक्ष कार्कीले भन्नु भयो–‘यहाँ पाइने बदेल, हरिन, मृग, अर्नाको दृष्यालोकन गर्न सकिने छ । पर्यटकहरुलाई यही उत्पादन भएको माछा, अन्य साँगसब्जी खुवाएर विदा गछौं ।’ पर्यटकहरुलाई धेरै दिनसम्म राख्न आर्गानिक खानेकुरा मात्र पाउने होम स्टे, होटल र स्वीविङ पुन निर्माणको तयारी थालिएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो । विशेष माछाका परिकारहरु बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरि व्यवसाय थालिएको उहाँले बताउनु भयो ।
यहाँ कोशी किनारबाट सूर्याेदय हेर्न, कोशी टप्पु बन्यजन्तु आरक्ष वरपर रहेका हरिन, मृग, बदेल, अर्नाजस्ता जनावरको देख्न सकिन्छ । उक्त क्षेत्रमा ठूलो मात्रामा एलानी जमिन रहेको छ । कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले भैसी पालन र कृषी पेसा गदैं आएका छन् । यहाँ उत्पादन भएका तरकारीले उदयपुर, सुनसरीका बजारमा विक्रि वितरण गरिदैं आएको छ ।

IMG20211120064108