बिषय प्रवेश:
पुजीवादका प्रचार,बाजागाजा,रङ्ग,रोगन,रमाईलोले मार्क्सवादी समाजवादी चेतना बिरुद्द गरेको प्रचारले पुरानो,शास्त्रीय,सढे- गलेको देखाउदा हामी पनि उतै तिर लम्कन खोज्छौ र पुरानो पाराले कहाँ कम्युनिष्ट पार्ट्री बनाउन र हिडाउन सकिन्छ त भन्ने गलत तर्कमा आईपुग्छौ।तर मार्क्सवाद गहिरो अध्यान बिना नै दलाल पुजीवादीको गलत प्रचारको कारण हामी भ्रममा परि रहेका हुन्छौ।मार्क्सवाद बिज्ञान हो। त्यसकारण त्यो शास्त्रीय हुन सक्दैन।जो सार्वभौम सिद्दान्त पनि हो।जसको प्रयोग पुजीवाद, समाजवाद हुँदै साम्यवाद सम्मको यात्रमा हुँदै जानेछ।
नेता निवास देखि बालुवाटार सम्म:-
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल भन्छन "बालुवाटारमा कुनै किसानको भेला हुदैन। कुनै मजदुरको भेला हुदैन।पछाडी पारिएका जाती,जनजातीको त्यो शान र गौरवको साथ भेला हुदैन।तर ३ सय जना पुजीपतीहरु भने इज्जत,प्रतिष्ठा र सानका साथ बालुवाटार छिर्छन।"(नेपाल अध्ययन केन्द्र :को जुम छलफलको सम्पादित अंश:25 April 2021)यस अर्थमा यस्तो तरिकाले हामी कम्युनिष्ट पार्ट्री बनाउन सक्दैनौ।हामीलाई दलाल पुजीवादले कहि बाकी राख्ने छैनन।भाग्यवादको नाममा सत्यनास पारिदिनेछ्न।कोहि कराए भने राज्यले थुनिदिन्छ।राज्यले पनी यस्तो गलत कार्य गर्छ र भन्ने लाग्थ्यो।तर अहिले हाम्रै मुलुकमा पनि त्यस्ता घट्नाहरु भए।त्यो सबै काम दलाल पुजीवाद र राज्य सयन्त्र मार्फत गरिदिन्छ।
ओली कम्रेड र मोदी लोकतन्त्र:
एमालेका अध्यक्ष कम्रेडले २०७२ को संविधानलाई बोक्छ्न कि फ्याक्छ्न?अर्थात धर्म निरपेक्ष राज्यलाई धर्म सापेक्षा हिन्दु राज्यमा रुपान्तरण गर्ने हुन कि धर्म निरपेक्ष राज्यको चरित्रलाई आत्मसाथ गर्ने हुन?भारतिय प्रधानमन्त्री एवम भाजपा नेता नरेन्द्र मोदी भारतमा हिन्दु राष्ट्र उसको मुख्य अजण्डा बनाएर हिन्दु राष्ट्र राज्य बनाउने उसको बटम लाईन हो।त्यसैको प्रभावमा नेपालमा पनि २०७२ को संविधान प्रती असन्तुष्ट भारत पछिलो पटक जब सामन्त कुमार गोयल को बालुवाटार निवास प्रवेश पछि ओली कम्रेडलाई संसद बिघटन गराउने जोश,जागर पलाएको हो।यो गलत थियो। ओली कम्रेडको यत्रो साहस,आट थिएन।उहालाई मोदी जीले यो आट दिएर संसद बिघटन गराएको हो।यसार्थमा ओली कम्रेडले आफैले नभएर कसैका पात्र भएर अरुको इसारामा संसद बिघटन गराएको हो।
दलालपुजीवाद:-
राजा ज्ञानेन्द्र दलाल पुजीवादकै संकट समाधान गर्न राजा भएर आएका तर क्रान्तीकारी ज्वारभाटा-सामाजिक जागरणले थाम्ना नसकेपछि त्यतिबेला दलाल पुजीवाद हार्यो।त्यसपछी फेरि हाम्रो राजनीतिक र राजनीतिक पार्ट्रीका नेता,कार्यकर्ता लाई दलाल पुजीवादले गाज्यो।खासगरि नेकपा बिघटन,एमाले बिभाजन,जसपा बिभाजन आदि कारण पनी दलाल पुजीवाद तथा राष्ट्रीय,अन्तराष्ट्रीय शक्तीकेन्द्रको रणनितिमा भएको बिश्लेषण हुँदै आएको छ।
अन्तमा:
समाजवादी चेतना बिरुद्द पुजीवाद,साम्राज्यवाद,दलाल पुजीवादले एकसाथ नकारात्मक प्रचार आम जनतालाई छरिदिन्छ र त्यो भ्रम जनतामा पैदा हुन्छ।मार्क्सवादी कम्युनिष्ट हरु पनि तिनीहरुको सेवा र चाकडीमा व्यास्त हुन्छ्न।त्यसकारण बालुवाटार देखि पार्ट्री कार्यलय,नेता निवास सम्म पुजीवादी र दलाल पुजीवाद हावी भएपछि हाम्रो आन्दोलन लाई बचाउन सक्दौनौ।त्यो बाट मुक्त हुनु पर्दछ।